ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

नेपाल ज्योतिष परिषदको १८ औं राष्ट्रिय सम्मेलन घोराहीमा हुने

२३ आश्विन २०८०, मंगलवार
२३ आश्विन २०८०, मंगलवार

बुटवल, २३ असोज ।

नेपाल ज्योतिष परिषद्ले १८ औं राष्ट्रिय सम्मेलन गर्ने भएको छ । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको आयोजना एवम् लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला समितिको संयोजनमा घोराही उपमहानगरपालिका वार्ड न १५, गोरखा टोलमा अवस्थित भिङ्ग्रेली भिलेज रिसोर्टमा सम्पन्न हुने भएको हो ।

नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले सम्मेलन सम्बन्धी विभिन्न निर्णयहरु गरेको छ । बैठकले २०८० सालको कात्तिक १६ गते नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यसमितिको २५ औं वार्षिक साधारणसभा बिहान ८ बजे सुरु गर्ने र राष्ट्रिय सम्मेलन सोही दिनको १ बजे भव्यताका साथ उद्घाटन गरी दुई दिन सम्म संचालन गर्ने निर्णय गरेको नेपाल ज्योतिष पारिषद्का केन्द्रीय महासचिव कमल प्रसाद काफ्लेले जानकारी दिएका छन् ।

बैठकले रजत वर्ष विशेष राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागि नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको अध्यक्ष र केन्द्रीय सचिव प्राडा अर्जुनप्रसाद भट्टराई सदस्य सचिव रहने गरी केन्द्रीय समितिका पदाधिकारी सदस्यहरु, सातै प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु र दाङ जिल्ला कार्यसमिति रहने गरी २५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । यस्तै दाङ जिल्ला समितिका अध्यक्ष उपप्रा कपिलदेव सुवेदीको अध्यक्षतामा लुम्बिनी प्रदेश समितिका अध्यक्षहरु सदस्य रहने गरी आर्थिक व्यवस्थापन समिति गठन गरिएको लुम्बिनी प्रदेश समितिका महासचिव ढुण्डीराज ज्ञवालीले जानकारी दिए ।

यस्तै स्वागत सत्कार सेवा उपसमिति संयोजकमा घोराही उपमहानगर अध्यक्ष विष्णु देवकोटा, सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजकमा लुम्बिनी प्रदेश कोषाध्यक्ष पद्मप्रसाद अधिकारी, मन्च सजावट व्यवस्थापन समिति संयोजकमा आजिवन सदस्य मुस्कान खनाल, प्रचारप्रसार उपसमिति संयोजकमा लुम्बिनी प्रदेश प्रचार सचिव ठाकुरप्रसाद देवकोटा, संघ संस्था समन्वय उपसमिति संयोजकमा दाङ जिल्ला सदस्य डमरु प्रसाद निरौला, पदक तथा सम्मान व्यवस्थापन उपसमिति संयोजकमा केन्द्रीय सदस्य केशव गौतम, प्रकाशन तथा मुद्रण उपसमिति संयोजकमा लुम्बिनी प्रदेश अध्यक्ष मेघराज आचार्य, आवास तथा भोजन व्यवस्थापन उपसमिति संयोजकमा लुम्बिनी प्रदेश महासचिव ढुण्डीराज ज्ञवाली, स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजकमा दाङ जिल्ला सचीव अर्जुनकुमार आचार्य, सम्मेलन अनुगमन समिति संयोजकमा केन्द्रीय सचिव प्राडा अर्जुनप्रसाद भट्टराई, प्रविधि व्यवस्थापन उपसमिति संयोजकमा दाङ जिल्ला सदस्य अर्पण शर्मा र यसैगरी विद्वत् समन्वय उपसमिति संयोजकमा लुम्बिनी प्रदेश वरिष्ठ सदस्य कमल प्रसाद भट्टराई रहेको र उक्त उपसमितिहरु आवश्यक सदस्यहरु मनोनीत गर्न सकिने नेपाल ज्योतिष परिषद्का केन्द्रीय सचीव प्राडा अर्जुनप्रसाद भट्टराईले जानकारी दिए । यसअघि नै केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको संयोजकत्वमा महासचिव कमल प्रसाद काफ्ले र वरिष्ठ केन्द्रीय सदस्य लक्ष्मण पन्थी सदस्य रहने गरि पदक तथा सम्मान छनोट समिति केन्द्रीय सचिवालय समितिको निर्णय अनुसार गठन गरेको थियोे ।

सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालय धर्मशास्त्र विषयका सेवानिवृत्त प्राध्यापक प्रेमकुमार आचार्यले मानव जिवनमा षोडश संस्कारको आवश्यकता विषयक कार्यपत्र गर्नेछन् भने परिषद्का केन्द्रीय सचिव एवम् नेपाल संस्कृत विश्वविद्यालय सिद्धान्त ज्योतिष विषयका प्राध्यापक डा. अर्जुनप्रसाद भट्टराईले विद्या तथा सन्तान सम्बन्धमा कुण्डली विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यसैगरी वैदिक वास्तु विषयमा दाङ जिल्ला समिति अध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालय सिद्धान्त ज्योतिष विषयका उपप्राध्यापक कपिलदेव सुवेदी र आधुनिक वास्तुका विषयमा, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य एवम् वास्तु विभाग प्रमुख इ.लक्ष्मीप्रसाद सोतीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाल ज्योतिष परिषद्का प्रचार सचिब ठाकुरप्रसाद देवकोटाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?