© २०२३
बुटवल,२२ असोज । बुटवल उद्योग बाणिज्य संघको २५ औं अधिवेशन अन्तरगत जारी मतगणनामा हरिप्रसाद अर्याल र उनको प्यानलका पदाधिकारीले अग्रता लिएका छन् । एक हजार मतगणनाको नतिजा अनुसार अध्यक्षका उम्मेदवार अर्यालले ५२२ मत पाउंदा दिनेश प्रसाद श्रेष्ठले ४५९ मत पाएका छन् । यस्तै उद्योग उपाध्यक्षमा सुरज भट्टराई ५८४ मत सहित अग्रता लिएका छन् भने नविन श्रेष्ठले ४५५ मत पाएका छन् । महासचिवमा मुक्ति अधिकारी ५१५ र बाबुराम विकले ४५९ मत पाएका छन् ।
कोषाध्यक्षमा बसन्त ढकालले ५५७ र प्रकाशकुमार श्रेष्ठले ४१६ मत पाएका छन् । सचिवमा भेषराज गैरेले ४८१ र प्रतिक पोखरेलले ४७८ मत,सहकोषाध्यक्षमा धनकुमारी खनालले ५६६ र जाकिर हुसेनले ४१२ मत पाएका निर्वाचन समितिले जनाएको छ । १ हजार ७७८ मतदाता रहेकामा एक हजार पांच सय ६ मत खसेको थियो ।
अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालको नेतृत्वका लागि अध्यक्ष पदमा हरिप्रसाद अर्याल र दिनेशप्रसाद श्रेष्ठको नेतृत्वमा प्यानल बनाएर चुनावी प्रतिष्पर्धा भएको थियो । अर्याल पूर्व वाणिज्य उपाध्यक्ष हुन् भने श्रेष्ठ वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।
वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । गैरे र भट्टराई दुबै प्यानलमा थिए ।
४ उद्योग सदस्य पदमा दीपकप्रसाद चापागाई, ज्ञानबहादुर पुन, कृष्णप्रसाद पाण्डे, नेत्रप्रसाद पाण्डे, निर्मित कसजू, सुनिता शर्मा बञ्जाडे, सुमोदमान सैंजू र सुर्य पराजुली गरी ८ जनाबीच प्रतिष्पर्धा भएको छ । ४ वाणिज्य सदस्य पदमा गणेशप्रसाद भट्टराई, काशिराम शर्मा पौडेल, कृष्णप्रसाद श्रेष्ठ ९कुलप्रसाद०, लोकनाथ पाण्डे, रामबहादुर भण्डारी, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र सतिष कसौधन गरी ८ जनाबीच प्रतिष्पर्धा भएको छ ।
७ खुल्ला सदस्य पदमा १४ जनाबीच प्रतिष्पर्धा भएको छ । खुल्ला सदस्य पदमा विष्णु घिमिरे पन्त, विष्णुप्रसाद पौडेल, विनय कसौधन, दीपक घिमिरे, दीप आचार्य, इञ्जल महमद मिया अञ्जिल, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, नारायणप्रसाद श्रेष्ठ, नारायण रायमाझी, प्रदिप शाक्य, माधवप्रसाद भुसाल, सवर मिया र उमेश अमात्यबीच प्रतिष्पर्धा भएको छ ।
२ महिला सदस्य पदमा जमुना पौडेल, नमकला वेलवासे शारदा, रेनु श्रेष्ठ र सुनिता गिरी बीच प्रतिष्पर्धा भएको छ ।