© २०२३
देवदह,२२ असोज । ग्रील तथा स्टिल व्यवसायी संघ देवदह शाखाको दशौं साधारणसभा तथा पांचौ अधिवेशनबाट विजय थापा संयोजक रहेको नयां कार्यसमिति चयन भएको छ । सहसंयोजकमा बाबुराम खाती,सचिव गोपाल न्यौपाने,कोषाध्यक्ष भिमबहादुर पुन तथा कार्यसमिति सदस्यहरुमा दिलबहादुर थापा, सुरज राना,बामदेव बराल र धनबहादुर थारु चयन भएका छन् । अधिवेशनमा ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मोहन भट्टराराई,केन्द्रीय उपाध्यक्ष एवं जिल्लाका संस्थापक अध्यक्ष अशोक वर्मा,निवर्तमान अध्यक्ष तुलबहादुर सारु,पुर्व अध्यक्ष दिलबहादुर राना,देवदह शाखाका संयोजक जेतप्रसाद शर्मा, विनोद दर्लामी लगायतले मन्तव्य राख्दै हरेक पालिकामा ग्रील जोन स्थापनामा स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । वक्ताहरुले व्यवसायीबीच एकता कायम गरी अस्वस्थ प्रतिस्पर्धा रोक्न सके मात्रै व्यवसाय दीगोरुपमा टिक्न सक्ने भन्दै गुणस्तरीय सेवा मार्फत उपभोक्ताको विश्वास जित्नुपर्नेमा पनि जोड दिएका थिए ।