© २०२३
बुटवल, २२ असोज ।
लायन्स क्लब अफ बुटवल भृकुटी प्याराडाईजले विद्यालयमा शैक्षिक सामग्री तथा झोला वितरण गरेको छ ।
पाल्पा जिल्लाको तिनाउ गाउँपालिका ५ चरचरेस्थित चरचरे प्राथमिक विद्यालयमा वितरण गरिएको हो । आर्थिक विपन्न तथा पिछडिएका बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले उक्त विद्यालयमा सहयोग गरिएको हो ।
कार्यक्रममा ३२५ पी जोन चेअर पर्सन तथा क्लबका एक्स्टेन्न्सन चेअर पर्सन अमृता कार्की पौडेल, तिनाउ गाउँपालिका वडा नं ५ का जनप्रतिनिधि मान बहादुर दर्लामी, चरचरे प्राविका व्यवस्थापन समितिका अध्यक्ष हुम बहादुर राष्कोटी साथै सोही विद्यालयका प्रधानाध्यापक गंगा पंगेनी र विद्यालयको अविभावकको उपस्थितिमा झोला वितरण गरी कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा क्लबका अध्यक्ष सुमित्रा टण्डन, सचिव सुनिता न्यौपाने, कोषाध्यक्ष गंगा लिम्बु, क्लबका डाईरेक्टर सरस्वती रानालगायतले विपन्न विद्यार्थीलाई लक्षित गरी क्लवले सहयोग गरेको बताएका थिए ।
सोही अवसरमा क्लबको लोगो सहितको ज्याकेट लगाएर जोन चेअर पर्सन तथा क्लबका एक्स्टेन्सन चेअर पर्सन अमृता कार्की पौडेलले उद्घाटन गरेकी थिईन् ।