ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

भूपु सैनिक परिवारलाई बुटवलको एडमण्ड सिटी अस्पतालमा ईसिएचएस कार्यक्रम लागू

स्वास्थ्य ऐन दशै अघि नै नियमावली बनेर कार्यान्वयनमा : स्वास्थ्य मन्त्री खनाल
२१ आश्विन २०८०, आईतवार
२१ आश्विन २०८०, आईतवार

बुटवल,२१ असोज । बुटवलको जितगढीस्थित एडमण्ड सिटी अस्पतालमा भारतीय भुपु सैनिक स्वास्थ्य सेवा ईसिएचएस कार्यक्रम लागू भएको छ ।

आइतबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उक्त सेवा शुभारम्भ गरेका हुन् ।
हस्पिटलका अध्यक्ष प्रकाश राना र भुतपुर्व सैनिक महासंघका सहअध्यक्ष क्याप्टेन किशन बहादुर थापाका बिचमा आईतबार ११ बुदे सम्झदारी पत्रमा हस्ताक्षर भएको हो ।

भारतीय सेनाबाट अवकास प्राप्त गरेका भूपु सैनिक र उनिहरुको आश्रीत परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य सहित हस्पिटल र महासंघका बिचमा सम्झौंता गरिएको सहअध्यक्ष थापाले जानकारी दिए ।

भूपु सैनिक र परिवारले घाईते वा बिरामी भए उपचार गराउनको लागि एडमण्ड सीटी हस्पिटल आएमा विशेष छुट प्राप्त गर्ने थापाले जानकारी दिए । सम्झौंता अनुसार ओपिडी टिकटमा ५० , बेड चार्जमा २० ,सम्पूर्ण परिक्षणमा २० र अपरेशन चार्जमा १० देखि २० प्रतिशतसम्म भूपु सैनिक र आश्रीत परिवारले छुट प्राप्त गर्नेछन ।

यस्तै बृद्ध, अपाङ्ग सदस्यहरुलाई विशेष छुट सुविधा प्राप्त गर्ने सम्झौंता पत्रमा उल्लेख गरिएको छ । सम्झौंताको अवधि २ वर्ष रहेको र ईसिएचएस कार्ड मार्फत सेवा प्रदान गरिने जनाईएको छ ।

कार्यक्रमका मन्त्री खनालले संसदबाट स्वास्थ्य ऐन पास भईसकेको बताउँदै दशै अघि नै नियमावली बनेर कार्यान्वयनमा आएपछि हस्पिटलहरुको नविकरण सुरु गरिने बताए ।

निजी स्वास्थ्य संस्थाहरु स्तरिय र मापदण्ड पालना गरे नगरेको अनुगमन गर्नको लागि मन्त्रालयबाट बिज्ञ टिम खटाईने खनालले जानकारी दिए ।   एकार्यक्रममा बुटव वडा नं १३ का वडाध्यक्ष नारायण पुन , संयुक्त भूतपुर्व सैनिक एंव प्रहरी कल्याणकारी महासंघ नेपालका केन्द्रीय महासचिब सुवेदार कुल बहादुर केसी , पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब बिक्रम खड्का , बुटवल उपमहानगरपालिकाका पुर्व उपमेयर बिमलराज शाक्य,लुम्बिनी प्रदेश जोनल मेम्बर सुवेदार मेजर पुरन शाही , प्राईभेट हस्पिटल एशोसियसनका अध्यक्ष रामप्रसाद खरेल , भूपू परिवकाका महिला प्रतिनिधि दीपा थापा, सैनामैना नगर अध्यक्ष मोतिप्रसाद राना , जितगढी टोल विकास संस्थाका अध्यक्ष मोहन गौडेल , ईसिएचस बुटवलका पोलिक्निक इन्चार्ज डा दिपेश शर्मा , अस्पतालका मेसु प्रोफेसर डाक्टर प्रकृत राज कंडेल लगायतले यो कार्यक्रमले भूपू सैनिक र उनीहरुका परिवार लाभान्वित हुने बताए ।

अस्पतालका अध्यक्ष प्रकाश रानाले भारतीय भूतपुर्व सैनिकहरुको माग अनुसार अस्पतालमा भारतीय भुपु सैनिक स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिएको बताए ।
जनतालाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने दायित्व राज्यको भए पनि तत्काल राज्यले सो सेवा उपलब्ध गराउन सक्ने अवस्था नरहेकाले त्यसबेलासम्म निजी अस्पतालबाट सेवा लिनुको बिकल्प नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?