© २०२३
बर्दघाट, २१ असोज ।
नेपाल उत्पीडित जातिय मुक्ति समाज रामग्राम नगरपालिका सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दुर्गाधन पासीको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा घनश्याम हरिजन र ममता वि.क., यस्तै सचिवमा दिपेन्द्र धमाल, सह सचिवमा अजय पासी र शिव सागर हरिजन र कोषाध्यक्षमा फौजी धोवी चुनिएका छन ।
जिल्ला अध्यक्ष राजेन्द्र रसाइलीको अध्यक्षता एवं नेकपा एमाले जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले जातिय विभेदको अन्त्य भइ सबैलाई समान ब्यवहार हुनुपर्ने बताएका थिए । अधिवेशनलाई नेकपा एमाले जिल्ला सचिव धिरज शर्मा बश्याल, जातिय मुक्ति समाज केन्द्रीय सदस्य तारा सुनार, प्रदेश समिति सदस्य दिपक गैरे, समाजका जिल्ला अध्यक्ष राजेन्द्र रसाइलीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।