© २०२३
हुम्ला, २१ असोज । तुइन तर्ने क्रममा डोरी चुँडिदा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका –२ रिपस्थित ल्याप्चे घाटमा शनिबार तुइन तर्ने क्रममा तुइन तान्ने डोरी चुँडिदा ३८ वर्षीय मक्कर सिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । तर्ने क्रममा तुइन चुँडिएपछि मुगु जिल्ला सोरु गाउँपालिका–५ नेर गाउँका नेपाली बेपत्ता भएको कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनाखाडाले जनाएको बराहदल गुल्म रानीवन ब्यारेक सिमकोटका गुल्मपति सेनानी दिनेश खड्काले बताए ।
कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भीरमा सडक निर्माणको काम गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार साँझ ६ बजे नेपाली तुइनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएको गुल्मपति सेनानी खड्काले बताए ।काम सकेर बासस्थानका लागि हिँडेका नेपाली तुइन तर्ने क्रममा डोरी चुँडिएर बेपत्ता भएपछि सडकमा काम गर्ने कामदार, नेपाली सेना र स्थानीयले कर्णाली नदीमा खोजी गरे पनि बेपता नेपाली फेला नपरे पछि आइतबार बिहानैबाट खोजी कार्यमा लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल प्रहरी कार्यालय सर्केगाडबाट टाढा भएको र राति परेकाले प्रहरी आइतबार बिहान मात्रै घटनास्थल पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी