© २०२३
तिलोत्तमा, २१ असोज ।
“चिदिपानी तिलोत्तमा समाज” (सत्यवती गुल्मी) रुपन्देहीले राष्ट्रपतिबाट “प्रवल जनसेवा श्री “पदकबाट बिभूषित क्या. यम बहादुर खत्रीलाई सम्मान गरेको छ ।
एक कार्यक्रमका बीच समाजले संस्थाका संरक्षक समेत रहेका खत्रीलाई सम्मान गरेको समाजका संयोजक एवं मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्णप्रसाद भट्टराई (खिमप्रसाद) ले जानकारी दिए ।
त्यस अवसरमा बोल्दै संस्थाका संरक्षक खत्रीले समाजले गरेको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताए । कार्यक्रममा जेष्ठ नागरिक नन्द राम भट्टराई, टेक बहादुर खत्री, सल्लाहकार शशीधर भण्डारी, सुवेदार लाल बहादुर भण्डारी, कृष्णा बहादुर थापा, ओमप्रकाश भण्डारी, सहसंयोजक गुरुप्रसाद भुसाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।