ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

व्यवसायीका समस्या समाधानको स्पष्ट भिजन र नेतृत्व क्षमता नै जित्ने आधार हुन् : भट्टराई

'उद्योगी व्यवसायी मतदाताबाट धेरै राम्रो रेस्पोन्स आएकाले आफ्नो र हरि अर्याल नेतृत्वको सिंगो प्यानलको जित निश्चित'
२१ आश्विन २०८०, आईतवार
२१ आश्विन २०८०, आईतवार

बुटवल,२१ असोज । बुटवल उद्योग बाणिज्य संघको २५ औं अधिवेशनमा उद्योग उपाध्यक्षमा उम्मेदवारी दिएका युवा व्यवसायी सुरज भट्टराईले उद्योगी व्यवसायीका समस्या समाधानमा एक्सन ओरिएन्टेड भएर काम गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।

हरि प्रसाद अर्यालको साझा समावेशी प्यानलबाट शनिबार उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरुसंग कुरा गर्दै भट्टराईले उद्योगी व्यवसायीले कच्चा पदार्थ आयातमा भोग्नुपरेको भन्सार दरको समस्या, ट्रंक लाइन सहित विद्युतको समस्या,भीसीटीएस समस्या, बैंक ब्याज दरको समस्या, एकीकृत सम्पत्ति कर, चर्को घर भाडा, स्वदेशी उद्योगको संरक्षणमा राज्यको उदासिनता,मोतिपुर औद्योगिक क्षेत्र स्थापनामा ढिलाई जस्ता मुख्य समस्या समाधानलाई आफूले मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए ।

समृद्ध र गतिशील बुटवलका लागि निर्णय प्रकृयामा सबैको सहभागिता र नेतृत्वमा समावेशिता मुख्य नारासहित हरिप्रसाद अर्याल नेतृत्वको प्यानलले अघि सारेका ११ बुंदे प्रतिवद्धता संगै भट्टराईले आफ्नो २८ वर्ष लामो व्यवसायिक अनुभव र २ कार्यकाल उद्योग बाणिज्य संघमा कार्यसमिति सदस्य भएर काम गर्दाको अनुभवबाट पाठ सिकेर अब उद्योगी व्यवसायीका समस्यामा स्थानीय तह, प्रदेश र केन्द्र सरकारसम्म नीतिगत सुधारमा रणनीतिक योजना बनाएर नेतृत्वदायी भूमिकासहित काम गर्ने प्रतिवद्धता जनाए ।

‘उद्योगी र व्यवसायीलाई आइपर्ने हरेक समस्यामा जुनसुकै समयमा तत्काल उपस्थित भएर व्यवसायीलाई  समस्या पर्दा  संघले साथ दिन्छ भन्ने अपनत्व गराउंछु’–भट्टराईले भने–‘म कुरा भन्दा काममा विश्वास गर्ने भएकाले एक्सन ओरिएन्टेड हुन्छु ।’ औषधि व्यवसायी संघको तत्कालीन लुम्बिनी अञ्चल समिति उपाध्यक्ष र रुपन्देहीको संस्थापक अध्यक्ष भएर १२ सय व्यवसायीको कुशल नेतृत्व गरेको, व्यवसाय संगै औषधि उद्योग समेत सञ्चालन गरेकाले उद्योगी व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको हुंदा सरोकारवाला सरकारी निकायसंग नीतिगत सुधारका लागि वहस र पैरवी गर्न सहज हुने भट्टराईले बताए ।

खुम्चिंदै गएको बुटवल उद्योग वाणिज्य संघलाई विस्तार गरी जिल्लाको मात्र नभई प्रदेशकै नेतृत्वदायी संस्था बनाउन पनि आफूले योजना बनाएको भट्टराईले बताए । अहिले बुटवलको बजारमा देखिएको समस्या समाधान गरेर बजारलाई पहिला भन्दा पनि थप चलायमान गराउन पनि आफ्नो भूमिका रहने उनले प्रतिवद्धता जनाए । उम्मेदवारी घोषणादेखि दर्तासम्म आइपुग्दा उद्योगी व्यवसायी मतदाताबाट धेरै राम्रो रेस्पोन्स आएकाले आफ्नो र हरि अर्याल नेतृत्वको सिंगो प्यानलको जित निश्चित भएको भट्टराईले दावी गरे ।

एक दशक बढी अस्पताल र प्राविधिक शिक्षा पढाई हुने सँस्थाको सँचालकको अनुभब समेत रहेका भट्टराईले संघको गौरबपुर्ण इतिहासलाई जोगाएर,बर्तमानमा समस्याको समाधान गर्दै घोषित उदेश्य प्राप्तिको लागि निरन्तर क्रियाशिल रहने, व्यवसायीक समस्याको समाधान र नीति निर्माणमा बुटवलका सबै संघ संस्थासंग सहकार्य गर्ने,संघको संगठनात्मक जीवनमा अग्रजलाइ सम्मान, समकक्षिसंग सहकार्य र नया पुस्तालाई उत्प्रेरणा दिने वातावरण तयार गर्ने बताए ।

संघको ७० औं वार्षिक साधारणसभा तथा २५ औं अधिवेशन अन्तरगत सोमबार निर्वाचन हुँदैछ । अधिवेशनबाट आगामी कार्यकालको नेतृत्व लिनको लागि अध्यक्ष पदमा दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्यालको उम्मेदवारी परेको हो । श्रेष्ठ मौजुदा कार्यसमितिको वरिष्ठ उपाध्यक्ष र अर्याल पूर्व वाणिज्य उपाध्यक्ष हुन् । अर्याल यसअघिका समेत प्रतिस्पर्धी हुन् ।

पार्टीको जिल्ला कोषाध्यक्ष रहेका अर्याललाई संस्थापन समूहको साथ रहेको छ भने क्षेत्रीय प्रतिनिधि रहेका श्रेष्ठलाई इतर समूहको साथ रहेको छ । अर्यालले एमाले, राप्रपामा रहेका व्यवसायीलाई प्यानलमा राखेका छन् । वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने एकल उम्मेदवारी परेपछि  वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै उद्योग उपाध्यक्ष पदमा नविनप्रसाद श्रेष्ठ र सुरज भट्टराई, महासचिव पदमा बाबुराम विक र मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल र प्रकाशकुमार श्रेष्ठ, सचिव पदमा भेषराज गैरे र प्रतिक पोखरेल तथा सहकोषाध्यक्ष पदमा धनकुमारी खनाल (सविता) र जाकिर हुसेनको उम्मेदवारी परेको छ । एक एशोसियट सदस्य पदमा दुई जनाको उम्मेदवारी परेको छ । एशोसियट सदस्य पदमा बालकृष्ण पौडेल र राजु खरेलको उम्मेदवारी परेको छ ।

त्यसैगरी ४ उद्योग सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको छ । उद्योग सदस्य पदमा दीपकप्रसाद चापागाई, ज्ञानबहादुर पुन, कृष्णप्रसाद पाण्डे, नेत्रप्रसाद पाण्डे, निर्मित कसजू, सुनिता शर्मा बञ्जाडे, सुमोदमान सैंजू र सुर्य पराजुलीको उम्मेद्वारी परेको छ । ४ वाणिज्य सदस्य पदमा पनि ८ जनाको उम्मेदवारी परेको छ । वाणिज्य सदस्य पदमा गणेशप्रसाद भट्टराई, काशिराम शर्मा पौडेल, कृष्णप्रसाद श्रेष्ठ (कुलप्रसाद), लोकनाथ पाण्डे, रामबहादुर भण्डारी, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र सतिष कसौधनको उम्मेदवारी परेको छ ।

७ खुल्ला सदस्य पदमा १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्य पदमा विष्णु घिमिरे पन्त (कमला), विष्णुप्रसाद पौडेल, विनय कसौधन, दीपक घिमिरे, दीप आचार्य, इञ्जल महमद मिया (अञ्जिल), जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, नारायणप्रसाद श्रेष्ठ, नारायण रायमाझी, प्रदिप शाक्य, माधवप्रसाद भुसाल, सवर मिया र उमेश अमात्यको उम्मेदवारी परेको छ ।

२ महिला सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्य पदमा जमुना पौडेल, नमकला वेलवासे (शारदा), रेनु श्रेष्ठ र सुनिता गिरीको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?