ट्रेंडिंग:

>> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ)

सल्यान दुर्घटना अपडेटः दुईको मृत्यु, २१ जना घाइते (नामावलीसहित)

२० आश्विन २०८०, शनिबार
२० आश्विन २०८०, शनिबार

सल्यान, २० असोज ।

सल्यानमा शनिबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा परेर मृत्यु हुने दुई महिलाको परिचय खुलेको छ । राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका ३ मुलपानी नजिक भएको उक्त दुर्घटनामा सल्यानको त्रिबेणी गाउँपालिका ६ निवासी ४४ वर्षीया अनिता बोहरा र दाङ तुलसीपुर ६ निवासी ३२ वर्षीया सुनिता सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर तर्फ आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको दिउँसो ३ बजेतीर दुर्घटनामा परेको थियो । अगाडीको गाडीलाई ओभरटेक गर्नेक्रममा सडक छेउमा टायर चिप्लिएर बस पल्टिएको यात्रुहरुले बताएका छन् । बस सडकबाट खस्न बित्तिकै एउटा रुखमा ठोक्किएको र त्यसपछि भिरालो जमिनमा पल्टिदै तल पुगेको यात्रुहरुको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको विवरण अनुसार दुर्घटनामा परेर २१ जना घाइते भएका छन् । जसमा २ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका ४ निवसी ३५ वर्षका कमान सिंह र ठेगाना नखुलेका ३५ वर्षीय विनोद श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर गोपाल श्रेष्ठले जानकारी दिए ।

अन्य घाइतेहरुमा शारदा नगरपालिका १० निवासी चालक २६ वर्षीय मेघराज कुँवर, त्रिबेणी गाउँपालिका ६ निवासी ६० वर्षीय प्रेम बहादुर बुढा र ४५ वर्षीया पुष्पा बुढा रहेका छन् । यस्तै त्रिवेणी गाउँपालिका ६ निवासी २७ वर्षीया माया राना, तुलसिपुर ९ बस्ने वर्ष २० का प्रमोशन रिजाल, छत्रेश्वरी ४ बस्ने वर्ष ५० का चित्र डाँगी, त्रिवेणी लुहाम बस्ने २१ वर्षीय कुमारी चन्द, छत्रेश्वरी ४ बस्ने वर्ष २६ का रुपा विक, त्रिवेणी ६ का विनोद शाहु, छत्रेश्वरी ४ का देवा विक, त्रिवेणी ६ का ३३ वर्षिय होम बहादुर वस्नेत, सोही ठाउँ निवासी धनी वस्नेत रहेका छन् । अन्य घाइतेहरुमा छत्रेश्वरी ३ का वर्ष २४ का खडक विक, त्रिवेणी ६ का ३१ वर्षिय कृष्ण बहादुर वोहरा, छत्रेश्वरी ४ का २३ वर्षिय दोभान खड्का, ३५ वर्षिय दल बहादुर, दांग तुलसिपुरका १८ वर्षिय कमल सुनार, शारदा नगरपालिका २ बस्ने २२ वर्षिय प्रतिभा कुवर र छत्रेश्वरी ४ बस्ने १८ वर्षिय सरिता केसी रहेको ट्राफिक प्रहरीले जनाएको छ । घाईतेहरुको दांगमा उपचार भइरहेको छ । बस सडकबाट करिब ६० मिटल तल खसेको छ ।

पछिल्लो समय सल्यानमा सवारी दुर्घटनामा बृद्धि भएको छ । गत असोज १२ मा पनि छत्रेश्वरी गाउँपालिकाको भित्री सडकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए । यस्तै १७, असोजमा पनि बनगाड कुपिण्डे नगरपालिकामा अटो दुर्घटनामा परी चार जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?