© २०२३
सल्यान, २० असोज ।
सल्यानको कपुरकोट गाउँपालिका स्थित मुलपानी नजिकै यात्रुबाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी दुईजना महिलाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
शनिबार दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर तर्फ आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस मुलपानी बनस्पति कार्यालय नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको मुलपानी बनस्पती कार्यालयका प्रमुख मित्र पाठकले बताए । उनका अनुसार २ जना महिलाको घटनास्थलमै ज्यान गएको र उनीहरुको परिचय खुलेको छैन् । आफुहरु अहिले घाइतेहरुको उद्दार गरिहरकोले घटनाबारे विवरण केही समय पछि आउने उनको भनाई छ ।
घटनास्थलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी पुगेर उद्दार गरिरहेको छ । बसमा करिब १६ जना जति यात्रुहरु रहेको र केही सकुशल रहेको यात्रु तोभान खड्काले बताए । घाइतेहरुलाई उपचारका लागि दाङतर्फ पठाइएको छ । थप विवरण आउंदै छ ।