© २०२३
सल्यान,२० असोज । सल्यान सिद्धकुमाखकी एक महिलाको शव आफ्नै घर भित्रको भकारीमा फेला परेको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृतकको घरमा मृतक महिला सहित उनका छोरा, छोरी र बुहारी बस्दथे । मृतक गणेशी असोज १५ गते बेलुकादेखि घरबाट हराएको भनेर परिवारले बताउँदै आएका थिए । तीनदिन सम्म उनि कतै सम्पर्कमा नआएपछि गाउँलेहरुले खोजिकार्य थालेका थिए ।
बिहीबार गाउँलेहरु मृतकको घरमा जम्मा भएको बेला घरभित्र शव गन्ध आएको थाहा पाएपछि खोज्दा भकारी भित्र शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानको प्रवक्ता गोपाल श्रेष्ठले बताए ।
घटना शंकास्पद रहेको र प्रहरीले अनुसन्धान थालेको प्रवक्ता श्रेष्ठको भनाई छ । अनुसन्धानका लागि प्रहरिले केहिलाइ नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ । शवलाई जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम गरिएको र घटनाको रहस्य अनुसन्धान पछि मात्रै खुल्ने प्रहरीको भनाई छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी