© २०२३
सल्यान, १९ असोज ।
सल्यानमा जानकारीमूलक बोर्ड च्यात्ने र भाँचेर क्षति पुर्याउने २ जना व्यक्ति पक्राउ परेका छन् ।
शुक्रबार विहान प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सल्यान शारदा नगरपालिका वडा नं. ३ बयलडाँडा स्थित खलंगा बनगाड सडकखण्डको छेउँ (किनारा) मा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानबाट ३०० मिटर अगाडि लेखेको जानकारीमुलक बोर्ड च्याती भाँची पुर्ण रुपले क्षति पुरयाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
देखि उक्त बोर्ड को–कसले च्याती भाँचेको भनी अनुसन्धान गर्दै जाँदा शारदा नगरपालिका वडा न. ३ बयलडाँडा बस्ने बर्ष २५ का मिलन जंग सारु र सोही ठाउँका े बर्ष १९ का मनिश खरेलले च्याती भाँची फालेको पाइएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्तहरुलाई सार्वजनिक शान्ती विरुद्धको कसूर (आवश्यक वस्तु तोडफोड वा हानी नोक्सानी गर्न नहुने) मा मुद्दा दर्ता प्रकृया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।