© २०२३
बुटवल, १९ असोज ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले न्युज बुटवल टुडेले असोज १७ गते रेडक्रसको परीक्षा विवादित शीर्षकमा प्रकाशन गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका मन्त्री रामचन्द्र उपाध्यायद्वारा शुक्रबार जारी विज्ञप्तीमा समाचारमा प्रकाशित कतिपय प्रसंग निराधार रहेको दावी गरिएको छ । यस शाखाका कर्मचारी भर्नाका सम्बन्धमा रेडक्रसका स्थापित मान्यता, निष्पक्षता र तटस्थतालाई ख्याल गरी परीक्षाका प्रक्रियाहरु नियमानुसार सञ्चालन भैरहेको विज्ञप्तीमा उल्लेख छ ।
न्युज बुटवल टुडेले असोज १७ गते सैनामैनामा सञ्चालित सुपर प्रोजेक्टका लागि खुल्ला गरिएको सामाजिक सहजकर्ता (कर्मचारी) विज्ञापनमा लिइएको लिखित र मौखिक परीक्षा विवादास्पद बनेको विषयमा समाचार प्रकाशन गरेको थियो ।