© २०२३
सल्यान (बुटवलटुडे), १८ असोज । सल्यानको एक विद्यालयमा बैज्ञानिक अनुसन्धान क्लब गठन गरिएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ स्थित निराजन मावि ढोरचौरमा ‘निराजन साईन्स रिसर्च क्लब’ गठन गरिएको हो ।
विज्ञान शिक्षकहरू र विद्यार्थीको साझा संगठनको रूपमा बिहीबार क्लव गठन गरिएको विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीमगरले जानकारी दिए ।
क्लवको संरक्षकमा प्रअ घर्ती मगर स्वयम रहेका छन् भने क्लवको संयोजकमा शिवसुन्दर केसी, सहसंयोजकमा दिपक शर्मा, सचिवमा यमराज सुनार, सहसचिवमा माया बुढाथोकी, कोषाध्यक्षमा कृष्ण प्रसाद चौधरी र ४० जना सदस्य रहेका छन् ।