ट्रेंडिंग:

>> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी

नवलपरासी पुर्वमा एचआईभी सँक्रमितहरु बढ्दै, मृत्युुदर कम

१८ आश्विन २०८०, बिहीबार
१८ आश्विन २०८०, बिहीबार

नवलपुर, १८ असोज ।

पुर्वी नवलपरासीमा अहिले एचआईभी संक्रमितको संख्या ३५० भन्दा बढी पुगेको छ भने यो संख्या दिनप्रतिदिन बढ्दै गएको छ र मृत्युदर भने बिगतका वर्षका तुलनामा कमी हुँदै आएको छ ।

पुर्वी नवलपरासीमा रहेका चार नगरपालिका र चार गाउँपालिकामा एचआईभी संक्रमितहरुको यो संख्या गत वर्षको भन्दा बढी रहेको एचआईभीको क्षेत्रमा क्रियाशील संस्था लुम्बिनी प्लसका अध्यक्ष निर्मला पौडेलले बताईन् । जिल्लामा कावासोती, मध्यबिन्दु र देवचुली, गैंडाकोट नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकामा बढी एचआईभी संक्रमितहरुको संखया रहेको छ ।

जिल्लाका १० बर्षदेखि १६ वर्ष सम्मका झण्डै २२ जना बालबालिकाहरु एचआईभीको संक्रमणमा परेका छन् भने त्यससंगै महिलाहरु बढी संक्रमितहरु भएका छन् भने त्यसको तुलनामा पुरुषहरु कम संक्रमितहरु रहेका लुम्बिनी प्लसका अध्यक्ष पौडेलले बताईन् । बिशेष गरी १० वर्षदेखि १९ वर्ष सम्मका किशोरकिशोरीहरु सवैभन्दा बढी एचआईभी र एड्सको जोखिममा परेको अध्यक्ष पौडेलले बताईन् ।

सेभ द चिल्ड्रेन अन्तर्गत ग्लोबल फण्डको सहयोगमा जिल्लामा संचालन भैरहेको एचआईभी र एडस सम्बन्धी कार्यक्रमबाट जिल्लाका संक्रमितहरुले फाईदा लिईरहेको अध्यक्ष पौडेलले बताईन् । कार्यक्रमले घरघरमा एचआईभीको बारेमा संक्रमितहरुलाई जानकारी दिने, सामुदायिक स्याहार कार्यक्रम, १५ दिने एआरटी औषधी वितरण जस्ता कार्यक्रमबाट एचआईभी संक्रमितहरु लाभान्वित हुँदै आएका अध्यक्ष पौडेलको भनाई छ ।

बिगत एक वर्षमा पुर्वी नवलपरासी जिल्लाका पालिकाहरुमा १० देखि १९ वर्ष सम्मका किशोरकिशोरीहरु सवैभन्दा बढी एचआईभी र एड्सको जोखिममा रहेका लुम्बिनी प्लसका अध्यक्ष पौडेलको भनाई छ । पुर्वी नवलपरासीमा यो एक वर्षको अवधिमा एक जनाको ज्यान गएको छ भने त्यसमा बालकको ज्यान गएको छ । एचआईभी संक्रमितको संख्या बढिरहेको भए पनि मृत्युदर भने कम हुँदै गएको जनाईएको छ ।

जिल्लामा रहेका संक्रमितहरुको अवस्था हेर्दा एआरटीको औषधी लिन चोरमारामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ४८ जनाले मात्र सुविधा लिन पाएका छन् भने बाँकी सबै भरतपुर जानुपर्ने बाध्यता रहेको र यसले एचआईभी संक्रमितहरुलाई धेरै समस्यामा पारेको प्लसका अध्यक्ष पौडेलको भनाई छ ।

असुरक्षित यौन सम्बन्ध र लागुपदार्थ प्रयोग गर्नेहरुले सुई साटासाटा गर्दा एचआईभी सर्ने प्रवल संभावना रहेकाले त्यस्ता किशोर किशोरीहरु सम्म पुग्ने गरेको बताईएको छ ।

उनीहरुका नजिकका साथीहरुले समेत साथीभाईको कृयाकलाप देखेर सिको गर्न सक्ने हुँदा सो बारे जानकारी दिन प्रत्येक पालिकामा समूह र टोल टोलमा जिवन उपयोगी शिक्षा कार्यक्रम समेत संचालन गरिएको पौडेलको भनाई छ ।

संक्रमणको जोखिमजन्य व्यवहारबाट सुरक्षित व्यवहारमा परिवर्तन ल्याउन पुर्वी नवलपरासीमा एचआईभी संक्रमितहरुको लागि कार्यक्रम संचालन गरिएको लुम्बिनी प्लसकी अध्यक्ष तथा १५ वर्षदेखि यस क्षेत्रमा क्रियाशील पौडेलले बताईन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?