© २०२३
काठमाडौं,१८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी नेताका छोरी ज्वाइँ, भाइ भतिजा सप्रेका र कार्यकर्ता पीडित भएर तड्पिएका बताएका छन् । जनमत पार्टीका नेता शिवचन्द्र कुशबाहलाई पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादीसँग कुनै नीति नभएको बताए ।
बाराका प्रभावशाली नेता शिवचन्द्र कुशवाहा एमाले प्रवेश गरेका छन् । नेता कुशवाहालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।
उनले कांग्रेस माओवादीको पछाडि लागेको देखेर आफूलाई अचम्म लागेको बताए ।
उनले माधव नेपालले कांग्रेस र माओवादीको पछि लाग्छु भन्न सुहाउने तर कांग्रेसले ३२ सिटे माओवादीको पछि लाग्न नसुहाउने बताए ।