© २०२३
काठमाडौं,१८ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बस्दैछ। बैठक बिहान ८ बजे सिंहदरबारस्थित विपद् व्यवस्थापन प्राधिकरणमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्राधिकरणको बैठक बोलाएका हुन्।
बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापनालगायत विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले बुधबार बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी लिएका थिए ।
बझाङ केन्द्रबिन्दु भएर मंगलबार अपराह्न २ बजेर ४० मिनेटमा ५।३ र ३ बनेर ६ मिनेटमा ६।३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ। सर्वसाधारणका घर, विद्यालयलगायत भौतिक संरचनामा क्षति पुगेको छ।