ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

रेडक्रसको परीक्षा विवादितः आफ्ना मान्छे राख्न विज्ञबिनै परीक्षा लिइएको आरोप

सैनामैना नगरपालिकामा स्वीस रेडक्रसको सपोर्टमा तीन वर्षका लागि सुपर प्रोजेक्ट लञ्च हुँदैछ । रेडक्रसको स्थापित मान्यता, निष्पक्षता, तटस्थतालाई ख्याल गरी सञ्चालन गर्नुपर्नेमा परीक्षामा जिल्लाका पदाधिकारीहरुबिच नै विवाद भएको छ ।
१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

बुटवल, १७ असोज ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीबाट सैनामैनामा सञ्चालित सुपर प्रोजेक्टका लागि खुल्ला गरिएको सामाजिक सहजकर्ता (कर्मचारी) विज्ञापनमा लिइएको लिखित र मौखिक परीक्षा विवादास्पद बनेको छ ।

असोज १२ गते लिइएको लिखित परीक्षामा सम्मिलित अधिकांश परीक्षार्थीहरु नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको रवैया देखेर आक्रोशित बनेका छन् । सहभागी परीक्षार्थीले विपद व्यवस्थापन सम्बन्धी विज्ञ बोलाएर सञ्चालन गर्नुपर्ने परीक्षा छनोट समिति आफूले प्रश्नपत्र निर्माण गरी परीक्षा अगावै चुहावट गरी परीक्षाको मर्यादा नराखेको गुनासो गरेका छन् । सहभागीका अनुसार रेडक्रसका केन्द्रीय अध्यक्ष सुदर्शन नेपालको पारिवारिक व्यक्ति राख्नका लागि परीक्षाको न्यूनतम मर्यादा नराखी लिखित परीक्षा सञ्चालन गरिएको र अन्तर्वार्ता असोज १६ गते दिउँसो १ः३० बजे लिने भनी सूचना गरिएको तर चार घण्टा बित्दा समेत सुरु नभएपछि परीक्षार्थीहरुबाट व्यापक गुनासो आएपछि मंगलबार स्थगीत भयो भनी बताइएको थियो ।

सैनामैना नगरपालिकामा स्वीस रेडक्रसको सपोर्टमा तीन वर्षका लागि सुपर प्रोजेक्ट लञ्च हुँदैछ । रेडक्रसको स्थापित मान्यता, निष्पक्षता, तटस्थतालाई ख्याल गरी सञ्चालन गर्नुपर्नेमा परीक्षामा जिल्लाका पदाधिकारीहरुबिच नै विवाद भएको छ । यस सम्बन्धमा जिल्ला सदस्य समेत रहेका केन्द्रीय अध्यक्ष सुदर्शन प्रसाद नेपालसँग जिज्ञासा राख्दा यसबारे आफूलाई केही जानकारी नभएको भन्दै उम्किए । “म काठमाडौंमा छु, जिल्लाले लिने परीक्षाको सबै प्रक्रियामा मेरो कुनै संलग्नता छैन, मेरो भूमिका पनि छैन”– उनले भने ।

रेडक्रसका जिल्ला अध्यक्ष दिपक क्षेत्री न्यौपानेले यो सबै काम पदपुर्ती समितिले गरेकाले यसबारे आफूलाई कुनै थाहा नभएको भन्दै पन्छिए । “हामीले पदपुर्ती समितिलाई जिम्मा लगाएका छौं, परीक्षाको सबै काम सोही समितिले गरेकाले मलाई यसबारे केही थाहा छैन”–उनले भने ।

पदपुर्ती समितिका सदस्य एवं शाखाका मन्त्री रामचन्द्र उपाध्यायसँग जिज्ञासा राख्दा उनले लिखित परीक्षा सम्पन्न भएको तर अन्तर्वार्ताको लागि समितिको कोरम नपुगेले स्थगीत भएको बताए । “समितिका संयोजक बाहिर भएकाले बाँकी ४ जनामध्ये दुईजना आउनुभएन, त्यसकारणले अन्तर्वार्ता रोकिएको हो”–उनले भने । परीक्षा सञ्चालन प्रक्रियाको लागि केन्द्रले खटाएका व्यक्ति विज्ञको रुपमा रहेको उनले दावी गरे ।

प्रदेश अध्यक्ष कृष्ण पंगेनीले विज्ञकै उपस्थितिमा प्रश्नपत्र निर्माण र परीक्षा सञ्चालन गर्नुपर्नेमा त्यसो नभएको गुनासो आएको बताए । “म प्र्रदेश सदस्य हो, यसबारे प्रदेशको भूमिका हुँदैन, तर विज्ञकै सहभागितामा प्रश्नपत्र निर्माण र परीक्षा सञ्चालन हुनुपर्ने हो”–उनले भने ।

यस विषयमा सुपर प्रोजेक्ट कोअर्डिनेटर दिवाकर सुवेदीले यसका लागि पाँचजनाको पदपुर्ती समिति रहेको र त्यसैले सबै काम गरेको बताए । पदपुर्ती समितिका संयोजक बाहिर भएकाले बाँकी ४ जना मध्ये २ जना मात्र अन्तर्वार्ताको क्रममा उपस्थित भएको र बाँकी २ जना नआएकाले अन्तवार्चर्ता स्थगीत भएको आफूले सुनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?