© २०२३
नवलपुर, १६ असोज ।
केही दिन देखि परेको अविरल वर्षाका कारण पुर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने दलदले–धौबादी–बुलिङटार ग्रामीण सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सो बाटोमा धेरै ठाउँमा पहिरो गएको बुलिङटार गाउँपालिका वडा नं ३ का वडाध्यक्ष बिष्णुविर मगरले बताए । बाटो खुलाउन केही दिन सम्म लाग्ने वडाध्यक्ष मगरले बताए ।
जिल्लाको पहाडी बुलिङटार र बौदिकाली गाउँपालिका चल्ने दलदले–धौवादी ग्रामीण सडक अवरुद्ध भएपछि नवलपरसंगको यातायातको सम्बन्ध बिच्छेद भएको बुलिङटार गाउँपालिकाका उपाध्यक्ष दिलमायाँ रानामगरले बताईन् । केही दिन देखिको बर्षापछि आएको पहिरोले सडक अवरुद्ध हुँदा पहाडी क्षेत्रमा खाद्यान्न, औषधी लगायतका अत्यावश्क सामग्रीको अभाव हुन सक्ने उपाध्यक्ष रान मगरले बताईन् ।
रतनपुर, कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, भारतीपुर, मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ, नरम, जौबारी, धौवादी लगायतका वडाहरुमा चल्ने यो सडकमा ठाउँठाउँमा पहिरो गएको र पहिरोले बाटो नै बगाएपछि तत्काल बाटो खुल्ने सम्भावना नै नभएको स्थानीयले बताए ।
पहाडी क्षेत्रलाई जोड्ने सडक अवद्धरु भएपछि दैनिक एक सयको हाराहारीमा सवारी साधन गुड्ने मोटरबाटो बन्द हुँदा पहाडी क्षेत्रका जनताले ठुलो सास्ती ब्यहोर्नु पर्ने अवस्था आएको वडाध्यक्ष पदम रानामगरले बताए ।