© २०२३
नेपालगञ्ज, १६ असोज ।
धार्मिक द्वन्द्व चर्किएपछि नेपालगन्जको अवस्था तनावग्रस्त बनेको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेबाट नेपालगंज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।
हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।
हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । त्यसमा झडप हुन सक्ने र सदभाव विग्रिने संकेत देखिएपछि कर्फ्यु जारी गरिएको हो । सम्भावित तनावलाई मध्यनजर गर्दै नेपालगञ्जमा आज बिहान सदभाव र्यालीसमेत निकालिएको थियो ।