© २०२३
प्यूठान, १५ असोज ।
प्यूठानको मल्लरानी गाउँपालिका ३ सालठाँटीस्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थामा तोडफोड भएको छ । सोमवार तोडफोड गरी नगद १ लाख ६० हजार ४ सय रुपैँया चोरी भएको छ भने कार्यालयका सामानमा क्षति पु¥याइएको छ ।
सहकारी भवनको दोस्रो तलाको चेनगेट र चाबी फोरेर चोरी भएको सहकारीका व्यवस्थापक गोविन्द बहादुर अधिकारीले जानकारी दिए । विहान ९ बजे मात्र चोरी भएको खबर आफूले जानकारी पाएको उनले बताए । यो सहकारी चुँजाठाटी क्षेत्रको पहिलो र स्थापित सहकारीको हो ।
कार्यालयमा नगद दुई लाख बढी रकम भएपनि कागजातसँगै भएकाले एक लाख रुपैयाँ चोरले नदेखेपछि जोगिएको व्यवस्थापक अधिकारीको भनाई छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । २०६४ सालदेखि संचाल नभएको सहकारीमा हाल करिव १ हजार २ सय जना सदस्यहरु आवद्ध छन् ।