© २०२३
बुटवल,१५ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याएका छन्।
नेपाल धितोपत्र बोर्ड सेबोनले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा। महतले यसो भनेका हुन्।
सेयर बजारबाट आमलगानीकर्ताले फाइदा लिन पाए मात्रै यसबाट केही हुने रहेछ भनेर लगानी गर्न अग्रसर हुने उनले बतताए । सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी छ। अहिले चिन्ताको विषय त्यही हो। कतिपय बेलामा इनसाइडर ट्रेडिङका कुरा आउँछन्, सूचना लिक हुने प्रवृत्ति देखिएको छ, धितोपत्र बोर्डले यसलाई नियमनको दायराभित्र ल्याउनुपने अर्थमन्त्रीले जोड दिए ।
उनले बढाइचढाइँ गरेर लगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति पनि रहेको बताए। उनले स्वस्थ्य प्रतिस्पर्धाको वातावरण निर्माण गर्न पनि जरुरी रहेको औंल्याए।
च्याटबोर्डको आरम्भ भएको जानकारी पनि उनले दिए। यो बोर्डले सेयर बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन सक्ने सहज प्लेटफर्म हुने उनले बताए ।
लगानी साक्षरता कमजोर रहेको तर्फ औंल्याउँदै लगानीका नयाँ तौरतरिका विकसित भइरहेका मन्त्री डा महतले बताए।
सेयर बजारमा खेल्न र बुझ्न जान्नेका लागि फाइदै फाइदा रहेको पनि उनले बताएका छन्।
‘सेयर बजारमा जुन प्रवृत्ति छन्, सीमितले मात्र यो बजार बुझ्छन्, उनी यसमा खेल्न सिपालु छन्। उनीहरुले यसबाट प्रशस्त फाइदा उठाउँछन्’, महतले भने–‘कुन बेला तल झार्ने, कुन बेला माथि पुर्याउने, कुन बेला के गर्दा फाइदा हुन्छ र, आमलगानीकर्ता बिलखबन्दमा पर्ने अवस्था नेपालमा विद्यमान छ।’
सेयर बजार अहिले तल झरेको त्यसका विविध कारण रहेको र रेगुलेसन, माइक्रो म्यानेजमेन्टमा समस्या आएको मन्त्री डा। महतले बताए।