© २०२३
दाङ, १५ असोज ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक शिक्षकको डेंगु संक्रमणबाट मृत्यु भएको छ । रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए ।
डाँगीलाई केही समय अघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा आइतबार साँझ मात्रै उपचारका लागि ल्याइएको थियो ।
उनको उपचारका क्रममा आज(सोमवार) बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईले बताए । डाँगीले श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँ रोल्पामा अध्यापन गराउँदै आएका थिए ।