© २०२३
दाङ, १५ असोज ।
दाङको राप्ती नदीमा माछा मार्ने क्रममा बगेर वेपत्ता भएका युवकको शव तीन दिनपछि फेला परेको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३, मसुरीया निवासी ३७ वर्षीय रामचरण चौधरी गत शुक्रबार करिब दिउँसो २ बजेको समयमा राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका थिए ।
मृतक चौधरी राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित लामो झुलुङ्गे पुलदेखि पाँच सय मिटर पश्चिम राप्ती नदीमा जालले माछा मार्ने क्रममा बगेर वेपत्ता भएका थिए । ईलाका प्रहरी कार्यालय भालुवाङ, सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङको टोलीले खोजतलास गर्ने क्रममा आइतबार राति करिब २ बजेको समयमा गढवा गाउँपालिका—१, जेठानगाउँको राप्ती नदीघाटमा बेपत्ता चौधरीको शब फेला परेको गणका एसपी गोपाल श्रेष्ठले जानकारी दिए । मृतक चौधरीको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।