ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

कपिलवस्तु प्रहरीको सफलता : रक्तचन्दनका २ गाडी सहित ८ जना पक्राउ

१४ आश्विन २०८०, आईतवार
१४ आश्विन २०८०, आईतवार

बुटवल, १४ असोज ।

कपिलवस्तु र अर्घाखाँचीको सिमाना पत्थरकोटबाट शनिबार राति प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित रक्तचन्दन काठ सहित ८ जनालाई नियन्त्रणमा लिएको छ । रातिमा हुने चोरी तस्करी नियन्त्रण गर्न भन्दै शनिवार राति जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोली पत्थरकोट पुगेको थियो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा रक्तचन्दन लोड गरेको गाडी फेला पारेको हो । प्रहरीले उक्त रक्तचन्दन के प्रयोजनका लागि कहाँबाट ल्याएको हो, कहाँ लैजान लागेको भन्ने बारेमा केही खुलाएको छैन । प्रहरीले रक्तचन्दन ओसारपसारमा संलग्न ८ जना मानिस सहित ना ५ ख ७३८२ नम्बरको १० चक्के ट्रक र लु २ च १६३९ नम्बरको बलेरो डबल क्याप जिप सहित समेत नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले पक्राउ परेका मानिसहरुको नाम भने खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडलले गस्तीमा रहेको प्रहरी टोलीले गाडीसहित मानिसलाई नियन्त्रणमा लिएको जानकारी दिए । नियन्त्रणमा लिएको रक्तचन्दन ६ सय ५३ केजी रहेको र त्यसको मूल्य अन्दाजी करिब एक करोड बढी रहेको प्रहरीको भनाई छ ।

यता लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले कपिलवस्तु र अर्घाखाँचीको सिमानामा पर्ने पत्थरकोटबाट शनिबार राति चेकजाँचको क्रममा रक्तचन्दन लोड गरेका गाडी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए । यस विषयमा कपिलवस्तु प्रहरीले काम गरिरहेको प्रमुख जोशीको भनाई छ । चाडवाडलाई लक्षित गरेर चेकजाँचलाई कडाई गरेको र सोही अनुसार प्रहरीले विभिन्न ठाउँमा रातिमा गस्ती पेट्रोलिङ तथा चेकजाँचलाई कडाई गर्दै लगेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?