ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

अष्ट्रेलिया पठाइदिने भन्दै ठगी

१३ आश्विन २०८०, शनिबार
१३ आश्विन २०८०, शनिबार

दाङ, १३ असोज ।

घोराही उपमहानगरपालिका –१५ का प्रयास योगीले तुलसीपुर उपमहानगरपालिका –९ का संजीत गिरीलाई अस्ट्रेलिया जानका लागि पाँचलाख रुपैयाँ बुझाए । प्रयास योगीले २०८० असार ५ गते संजीत गिरीकी श्रीमती खिमीकुमारी बुढाथोकीको नेपाल बैकको खातामा चारलाख रुपैयाँ राखिदिएको उनीसंग भौचरको प्रमाण छ । बाँकी एक लाख रुपैयाँ पनि बुझाएका छन् । बिदेश जाने तयारी गरेका प्रयासलाई गिरीले नक्कली भिसा पठाइदिएको उनलाई थाहा भएन ।

“भीइभीओमा जाँच गर्दा भिसा देखाउँछ तर ओरजिनल भिसा जाँच गर्दा देखाउँदैन ।” उनले भने, शंका लाग्यो कतै आफूले गलत मान्छेको साथ लागेको त हैन भनेर मेन एप्लिकेशन डिटेलमा हेर्दा फेक भिसा देखाएपछि योगी ठगीमा परेको थाहा भयो । योगीले गिरीलाई फोन गरेर किन फेक भिसा पठाएको भन्दा सक्कली भनेर टार्ने काम गरेर अरु पैसा थपेमा प्लेन टिकट काटेर छिटो अस्ट्रेलिया पठाउने प्रलोभन देखाएको योगीको भनाइ छ । “ऋण गरेर पैसा जम्मा गरेको ब्याज तिर्न समस्या परेको छ ।” गिरी सम्पर्क बिहिन भए पछि क्षतीपूर्तीको लागि उजुरी दिन जाँदा जिल्ला प्रहरी कार्यालय दाङले उजुरी लिन नमानेको उनले बताए ।

तुलसीपुर उपमहानगरपालिका –५ का सागर योगीले अस्ट्रेलिया जानका लागि साढे चार लाख रुपैयाँ उनै संजीत गिरीलाई बुझाएका छन् । गिरीले आफूले पैसा नबुझी श्रीमतीको खातामा पैसा राख्न लगाउने गरेको सागरले बताए । अस्ट्रेलियाको भीइभीओमा जाँच गर्दा ओरजिनल देखाउछ तर मेन एप्लिकेशन डिटेलमा इनभेयलीट देखाउछ । त्यसपछि आफू ठगीमा परेको सागरलाई थाहा भयो । बेरोजगार रहेका युवा बिदेश जाने प्रलोभनमा पर्दा व्याज तिर्ने शर्तमा ल्याएको ऋणको व्याज तिर्ने पैसा नहुँदा समस्या परेको छ । ठगीमा परेपछि जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिन जाँदा बैदेशिक रोजगार बिभागमा निबेदन दिनुस उताबाट पत्र आयो भने मात्र हामीले काम गर्न मिल्छ भनेर प्रहरीले निवेदन पनि लिन नमानेको पिडित प्रयास योगीले बताए । उनले अस्ट्रेलिया पठाउने भन्दै योगी जस्तै दाङका अन्य पाँच जनासंग पाँच लाखका दरले पैसा लिएको खुलेको छ । संजित गिरीले आफ्नो टिममा दोलखाको बिजय तामाङ र सुर्खेतको कृपाराम भन्ने ब्यक्ति पनि यो काममा संलग्न रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?