© २०२३
बुटवल, १३ असोज ।
एभरेष्ट इङलिस बोर्डिङ स्कुल बुटवलमा मुटु दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स कल्ब अफ बुटवल सिद्धार्थको आयोजनामा मुटु कसरी बचाउने सम्बन्धमा र युवा पुस्तामा विकराल रुपमा रहेको लागू पदार्थको दुव्र्यसनी तथा साइबर अपराध बिरुद्ध सचेतना कार्यक्रम भएको हो । कार्यैक्रममा लुम्बिनी प्रदेश अस्पताल बुटवलका बालरोग विशेषज्ञ डा मनोज कुश्वाले मुटु सम्बन्धी तथ्य प्रस्तुत गरेका थिए भने वडा प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी नायब निरिक्षक कमल भन्डारीले लागू पदार्थ दुव््र्यसनी, यसका कानुनी व्यवस्था र रोकथामका विषयमा प्रस्तुतीकरण गरेका थिए । लायन जोन चेयर पर्सन श्रीकान्त सुवेदीले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा सचेतना बढाउन सहयोग पुग्नो बताएका थिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि विद्यालय अहोरात्र लागिपरेको र पठनपाठन मात्र नभै विद्यार्थीका लागि आवश्यक हरेक किसिमका सीप विकासमा लागि परेको बताए । सह प्राचार्य भीमसेन गौतम र उप प्राचार्य उमेश रेग्मीले यस्ता विषयमा विद्यार्थीले सहभागिता जनाउनु आवश्यक रहेको बताए । कार्यक्रममा लायन्स क्लब अफ बुटवलका अध्यक्ष नारायण कुँवर, समीर पौडेल, सुन्दर श्रेष्ठलगायतले पनि बोलेका थिए ।