© २०२३
बुटवल, १२ असोज । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको २५ औ अधिवेशनमा अध्यक्ष पदका उम्मेदबार रहेका हरि अर्याल प्यानलले शुक्रबार उम्मेदवारी घोषणा गरेको छ । संघका पुर्वअध्यक्ष महेशमान सिंह, खेम बहादुर हमाल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका सदस्य आनन्द वझा उपस्थित रहेको घोषणा सभामा पदाधिकारीसहित सदस्यहरुको उम्मेदवारी घोषणा भएको थियो । साझा र समावेशी दावी गरिएको प्यानलको वरिष्ठ उपाध्यक्ष टंक गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष बिमल भट्टराई, महासचिव मुक्ति अधिकारी, सचिव भेषराज गैरे, कोषाध्यक्ष बसन्त ढकाल, सहकोषाध्यक्ष धन कुमारी खनाल रहेका छन् । गैरे र भट्टराई दिनेशप्रसाद श्रेष्ठको प्यानलमा पनि छन् ।
अर्याल प्यानलबाट एशोसियट सदस्य राजु खरेल तथा कार्यसमिति सदस्यहरुमा काशिराम पौडेल, दीपक चापागाई, जमुना पौडेल, लोकनाथ पाण्डे, जगन्नाथ न्यौपाने, नमकला बेल्बासे, राम बहादुर भण्डारी, सुनिता बन्जाडे, गणेश भट्टराई, दिपक घिमिरे, माधव प्रसाद भुषाल, कमला पन्थ, ज्ञान बहादुर पुन, दिप आचार्य, सबर मिया, ईर्साद अलि, नारायण रायमाझी उम्मेदवार छन् । यो प्यानलमा नेपाली कांग्रेस,नेकपा एमाले, राप्रपा लगायत दल निकट उद्योगी व्यवसायी समेटिएको छ ।
कार्यक्रममा अध्यक्ष हरि अर्यालले संघिय सरकार मातहत रहने आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान र भन्सार कार्यालयसंग समन्वय गरि ब्यवसायमैत्री वातावरण निर्माण गर्ने, छोटो दुरी र एउटा निश्चित रकमसम्मको मालबस्तुको खरिद बिक्रिमा बिलसंगै भिसिटिएस गर्नैपर्ने बाध्यात्मक ब्यवस्थापनको सहजिकरण तत्काल प्रयत्न गर्ने बताए । यसैगरि कर, राजश्व र भन्सारका अधिकृतहरुसंग संघका पदाधिकारी, सदस्य तथा ब्यवसायीको नियमित जानकारी गराउने, एक दिन ढिला हुदा शतप्रतिशत जरिवाना लिने सरकारी प्रबन्धको शंसोधनका लागि पहल र प्रयत्न गर्ने, मोतिपुर औधोगिक क्षेत्रको पुर्वाधार विकासका लागि पहल गर्न सम्बन्धित निकायलाई दबाब दिने र उच्च तहको सर्वपक्षीय भेला राख्ने, अर्थ मन्त्रालयले अवलम्बन गर्ने कर राजश्व नीति र नेपाल बैकले हरेक वर्ष जारी गर्ने मौद्रिक नीति साना तथा मझौला ब्यवसायमैत्री भए नभएको अध्ययन गरि सुधारको लागि नेपाल उद्योग वाणिज्य महासंघमार्फत प्रयत्न गर्ने, बिमाको दर रेट २ सय प्रतिसतभन्दा बढि बढेको हुदा बिमा प्राधिकरण र अर्थमन्त्रालयबिच समन्वय गर्ने, रात्रीकालिन बजारको पहिचान गरि ब्यवसाय गुलजार गर्न पहल गर्ने, लुम्बिनी प्रदेशको मुकाम बुटवलबाट राप्ती उपत्यका स्थानतरण भएता पनि प्रदेश सरकारका महत्वपूर्ण विभाग तथा निर्देशनालय स्थापना गर्न पहल गर्ने बताए । संघमा १ हजार ७ सय ७८ जना सदस्यहरुले नविकरण गरेका छन ।
विहिबारमात्र अध्यक्षका अर्का उम्मेदबार दिनेश प्रसाद श्रेष्ठको प्यानल घोषणा भएको थियो ।
भिडियो सामग्री