ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

मिस डायमण्ड नेपाल २०२३ को तयारी पूरा

यौनिक तथा अल्पसंख्यकहरुको हितमा काम, दाम र मामको अवधारणा ल्याएको अभियन्ता आनिकको दाबी
१० आश्विन २०८०, बुधबार
१० आश्विन २०८०, बुधबार

बुटवल, १० असोज ।

यौनिक तथा अल्पसंख्यकहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ रुपन्देहीमा मिस डायमण्ड नेपाल २०२३ हुने भएको छ । साहसिक कदम नेपालको आयोजनामा सिंगल बट स्ट्रोङ नारासहित असोज १५ गते मिस डायमण्ड नेपाल हुने भएको हो ।

एक्लै भएपनि मानसिक र शारीरिकमा बलियो छ भन्ने भावनालाई अगाडि बढाउँदै प्रतिष्पर्धामार्फत क्षमता प्रदर्शन गर्ने रुपमा कार्यक्रम गर्न लागेको साहसिक कदम नेपालका अध्यक्ष आनिक रानाले बताईन् । यौनिक तथा अल्पसंख्यकहरुको क्षमता विकास र दक्षता अभिवृद्धिमा जोड दिएर समुदायमा आफनो छुट्टै पहिचान बनाउन सफल भएको उनले दाबी गरिन् ।

आफैभित्र हिरा भएर जन्मिएको तर पहिचान गर्न नसकेको बेला प्रतिभा प्रस्फुटन गर्ने गरी कार्यक्रम गरिएको उनले बताईन् । यो एउटा ब्रान्डका रुपमा अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने सिढी भएको उनले बताईन् । साहसिक कदम नेपालका अध्यक्ष रानाले ड्रिम प्रोजेक्टका रुपमा कार्यक्रम रहेको बताईन् ।

तिलोत्तमा नगरपालिकाबाट विगत ४ वर्षदेखि निरन्तर सहयोग हुँदै आएको भन्दै धेरै सहयोगीहरुबाट आर्थिक, नैतिक सहयोगबाट कार्यक्रम सम्पन्न गर्न लागेको उनले बताईन् । यौनिक तथा अल्पसंख्यक जो घरबाट हेपिएका थिए उनीहरुलाई उच्च शिक्षा, रोजगारसम्म दिने गरी काम गर्न सफल भएको उनले बताईन् । यौनिक तथा अल्पसंख्याकहरुको हितमा काम, दाम र मामको अवधारणालाई समेत अघि बढाएको उनले बताईन् ।

सहभागीहरुलाई तालिममा अनुशासन, जिम्मेवारी, नैतिकता जस्ता विषयमा समेत ज्ञान दिंदा यसबाट उनीहरुमा सकारात्मक उर्जाको आभाष भएको उनले बताईन् । यसअघिका पाँचजना विजेताहरु सन २०१६ का रेशम न्यौपाने, २०२१ सरोजी न्यौपाने, मिस युनिभर्समा समेत भाग लिएको, २०२२ प्रनिशा थापा जो रोडिजको टप सिक्समा पुगेको उनले बताईन् ।

कार्यक्रममा गायक देविका बन्दनाले समुदायमा सबैको अस्तित्वलाई समान महत्व दिनुपर्ने बताईन् । कोभिड संक्रमणको बेला आफु क्यान्सर जस्तो दीर्घरोगबाट ग्रसित हुँदाको अनुभव शेयर गर्दै निक्कै जटिल अवस्थाबाट गु्रजेको बताईन् । आफ्नो अनुभवलाई पुस्तकमा प्रकाशित गरेर त्यसको विक्रीबाट प्राप्त भएको रकम सामाजिक उत्तरदायित्वमा लगाउने सोच बनाएको उनले बताईन् । ‘सबै रकम म कार्यक्रमलाई सहयोग गर्ने घोषणा गर्दछु ।’—उनले भनिन् ।

लाङ्घाली ब्युटीपार्लर संचालक तथा सल्लाहकार रेखा थापाले सीपमूलक शिक्षालाई जोड दिनसके बेरोजगारी कम हुने बताईन् । कार्यक्रममा म्यानेजिङ डाईरेक्टर रेशम न्यौपानेले वि.सं. २०७६ सालमा स्थापना भएर यौनिक तथा अल्पसंख्यक समूहको हकहित र अधिकारको विषयमा अगुवाई गर्दै आएको बताए । देशभरबाट आवेदन दिएका २१ जनामध्येबाट अन्तिम ११ को छनौट गरिएको उनले बताईन् ।

यो संंस्करणमा सर्लाहीका १८ वर्षीय प्राप्ति बस्नेत, काठमाडौकी त्रिशा मानन्धर, दाङकी सुदेक्षा नेपाली, दाङकी ईशा नेपाल, नवलपरासी स्नेहा रानामगर, काठमाडौकी आरुही बस्नेत, भोजपुरकी विपसा बस्नेत, काठमाडौकी उमी शर्मा, नेपालगंजकी अरुणिमा सुनार, भक्तपुरकी प्रिन्सिला शाही र धनगढीकी रियन्का न्यौपानले मिस डायमण्डको उपाधिमा भाग लिने बताईन् । सहभागीहरु ३ दिनसम्म ६ वटा विभिन्न राउण्डहरुका तालिम लिनेछन । जसमा ड्रेस, ट्यालेन्ट, क्राउण्ड रिभ्यु, एडभोकेसी राउण्ड, ब्युटी विथ परपोज, फिनाले राउण्डमा भाग लिनेछन् । फिनालेमा ४ जना प्रतिष्पर्धा गर्ने उनले बताए । भोटिङ पार्टनर खल्ती रहेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार रुपैयाँ, रेन्बो १५ हजार, एम्बेडर १० हजार, क्रिस्टर र डिभाले ५/५ हजार र गिफ्ट हेम्परसमेत प्राप्त गर्नेछन् ।

भिडियो सामग्री

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?