Butwal Today

बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ

१० आश्विन २०८०, बुधबार
अ+
अ-

दाङ, १० असोज ।

जिल्ला प्रहरी कार्यालय दाङले ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ भेटनरी निवासी ४० वर्षीय टेकबहादुर विक रहेको जिल्ला प्रहरीले जनाएको छ । उनलाई ८ गते जिल्ला प्रहरी कार्यालय दाङ मातहत अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार रहेको भन्न्ो उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ प्रबक्ता एवंम् प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको उनले बताएका छन् ।