ट्रेंडिंग:

>> आर्थिक र पूर्वाधार विकासमा त्रिवेणीको जोड >> आगलागी पीडित आहातमाः राहात पालिकाको खातामा >> अमेरिकामा हुने त्रिदेशीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक >> एमाले सचिवालय बैठक बस्दै : वार्षिक कार्ययोजनाबारे छलफल हुने >> किसान बचाउने मोडेलको सिको गरौं >> गाउँको उत्पादन बजारीकरण गर्दै बेल्बासे >> सिक्टा सिंचाइः किसानलाई देखाउने दाँत >> तस्करले छाडेनन तुरियाखोला >> होटल ब्यवसायी, क्याटरिङ, उद्योग संघ र ब्यापार संघ अन्तिम चारमा >> आजको मौसमः तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना >> न्यायलयले न्याय मारेर घुस लिएको भन्दै नाराबाजी >> नवलपुरमा दसैँ मेला लाग्ने >> लुम्बिनीमा पारित भयो स्थानीय सेवाको गठन सम्वन्धी विधेयक >> ३ बर्षे रणनीति बनाउन चेम्बर लुम्बिनी को सिङ्गो टिम पाल्पामा >> प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेपछि महासंघको विरोध >> भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन >> प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता >> समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत >> दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु >> नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार >> एमालेको बहुमत नहुँदासम्म चाहेजस्तो विकास हुन सक्दैन : लिला गिरी >> नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी- गृहमन्त्री लेखक >> युएनडिपीको कार्यक्रमलाई नतिजामुखी बनाउनुपर्छ : मन्त्री शाह >> सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध >> कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत >> चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय >> बुटवल–गोरुसिङ्गे सडक बिस्तार दसैं तिहार पछाडि थालिने >> कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा >> प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना >> इन्जिनियर्स एसोसिएसनको चुनावः लुम्बिनीमा यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा >> संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव >> प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै >> प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता >> निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने >> निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो >> इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर >> मन्त्रिपरिषद्को बैठक आज बस्दै >> पालिका र जिल्ला केन्द्रित आन्दोलन गर्ने नेकपा बहुमतको घोषणा >> चार्जिङ स्टेशन बाट ११ लाख आम्दानी >> व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन >> ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने >> विद्यालयको सामाजिक परिक्षणको दुरावस्था >> वन पैदावारबाट ७१ लाख राजस्व >> राजस्व मिलाउन लसुन तस्करको दौडधुप >> तरकारी बेच्न किसानलाई हाईसन्चो >> यातायात समिति नवीकरण नगर्ने निर्णय सर्वोच्चद्वारा बदर >> माैसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना >> एनसेलद्वारा ठाकुरापुर कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर >> जिल्ला स्तरीय किड्स टिन्स एण्ड खुला भुपुसैनिक ब्याडमिन्टन हुने >> मेरो कार्यकालभरि एनईएकै कार्यालयमा हुन्छु– जयलाल मरासीनी

प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण

१० आश्विन २०८०, बुधबार
१० आश्विन २०८०, बुधबार

बुटवल,१० असोज । नेपालको सार्वजनिक ऋण २३ खर्ब माथि पुगेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले ४९ अर्ब २३ करोड रुपैयाँ सार्वजनिक ऋण थपेको हो । यस अवधिमा सरकारले ३८ अर्ब ७१ करोड ऋण भने भुक्तानी गरेको छ । भदौ मसान्तसम्मको सार्वजनिक ऋण प्रतिव्यक्ति दायित्वका हिसावले ७९ हजार २०१ रुपैयाँ पर्न जान्छ । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मा भाग गर्दा सो रकम आएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार असार मसान्तसम्म नेपालको ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो । यसमा साउन र भदौ महिनामा सरकारले कुल ४९ अर्ब २३ करो ३२ लाख रुपैयाँ ऋण थपेको छ । सोही अवधिमा ३८ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ ऋण भुक्तानी गरेको छ ।

नेपालको आन्तरिक ऋण ११ खर्ब ४० अर्ब ५३ करोड र बाह्य ऋण ११ खर्ब ६९ करोड ३३ करोड रुपैयाँ रहेको छ । भदौ मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋणको आंकडा २३ खर्ब माथि पुगेको तथ्यांकमा उल्लेख छ ।

सरकारले साउन महिनामा १३ अर्ब ६ करोड र भदौ महिनामा ३१ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । यस प्रकार दुई महिनाको अवधिमा ४४ अर्ब २६ करोड आन्तरिक ऋण उठाएको छ । बाह्य ऋण भने दुई महिनामा मात्र ४ अर्ब ९७ करोड रुपैयाँ मात्र प्राप्ती भएको छ ।

भुक्तानीतर्फ सरकारले साउनमा २२ अर्ब ७ करोड र भदौमा १० अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणको साँवा भुक्तानी भएको छ । दुई महिनामा कुल ३२ अर्ब ८३ करोड रुपैयाँ साँवा भुक्तानी भएको छ । बाह्य ऋणको भने साउनमा १ अर्ब २३ करोड र भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ बाह्य ऋणको साँवा भुक्तानी भएको छ ।

बाह्य ऋणको साँवा भुक्तानी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ब्याज भुक्तानीमा भने आन्तरिक ऋणतर्फ दुई महिनामा ८ अर्ब ७७ करोड र बाह्य ऋणको ब्याज भुक्तानीमा २ अर्ब २८ करोड रुपैयाँ खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?