© २०२३
बुटवल,१० असोज । आन्दोलनरत राहतका शिक्षकहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरबाट नयाँ बानेश्वर जाने क्रममा मुख्य सडकमा पसेपछि राहतको शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
गत शनिबारदेखि थप आन्दोलित बनेको राहतका शिक्षकहरुले आफनो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राखेका छन् । प्रहरी र शिक्षकहरुबीच ठेलमठेल भएको छ । संसदमा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै गत बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित भएर आन्दोलनमा उत्रेका थिए ।
सरकारले गत शुक्रबार आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघसँग आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न ७ बुँदे सहमति भएको थियो । तर उक्त सहमतिमा राहतको शिक्षकहरुको माग सम्बोधन नभएपछि उनीहरुले आन्दोलन जारी राखेका छन् ।
उनीहरुले आन्दोलनका कार्यक्रम फरक फरक ढंगले गर्दै आइरहेका छन् । सोमबार सडकमा सुतेर सरकारको विरोध गरेको थियो भने मंगलबार सिठी फुकेर प्रदर्शन गरेका थिए ।लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।