© २०२३
नवलपुर, ९ असोज ।
पुर्वी नवलपरासीको कावासोतीमा जुवातास खेलिरहेका आठ जना नगद सहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका अनुुसार कावासोती नगरपालिका वडा नं. २ मालपोत चोकमा गोविन्द न्यौपानेको घरमा तास खेलिरहेका आठ जनालाई गएराति पक्राउ गरिएको हो । निजहरुको साथबाट दुई लाख २९ हजार समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा कावासोती २ निवासी ४२ बर्षीय सुन्दर श्रेष्ठ, कावासोती ३ निवासी ३८ बर्षीय श्याम भट्टराई, कावासोती –११ निवासी ३९ बर्षीय ज्ञानेन्द्र महतो, कावासोती २ निवासी २८ बर्षीय नारायण उपाध्याय, कावासोती २ निवासी ३९ बर्षीय गोविन्द शर्मा न्यौपाने, कावासोती ३ निवासी ४८ बर्षीय दानबहादुर सिंजाली, कावासोती २ निवासी ४० बर्षीय खिम लामिछाने र कावासोती ३ निवासी ४२ बर्षीय फडेन्द्र भण्डारी रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले नगद दुुई लाख २९ हजार ७० रूपैयाँ, खेलिरहेको अवस्थाको तास दुुई सय ८८ पत्ता र बन्द रहेको सात गड्डी तास बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारवाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।