© २०२३
देवदह, ९ असोज ।
देवदहमा नयाँ लायन्स क्लबको स्थापना भएको छ। लायन माधव आचार्यको अध्यक्षतामा ‘लायन्स क्लब अफ देवदह युनाईटेड’ स्थापना भएको हो। लायन्स जिल्ला परिषद ३२५ पी अन्तरगत रहेको लायन्स क्लब अफ देवदहको स्पोनसरसिपमा सो क्लब स्थापना भएको हो।
क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः ला. गणेश सापकोटा, ला. टीकाराम चापागाई, ला. मणिलाल तिवारी चयन भएका छन्। त्यस्तै क्लबको सचिवमा ला. अर्जुन गुरुङ्ग, कोषाध्यक्षमा ला. प्रविन गौडेल, सह सचिवमा ला. कमल थापा र सह कोषाध्यक्ष ला. रोजि गुरुङ्ग रहेका छन्।
यसैगरी डाइरेक्टरमा ला. काशिराम रेग्मी, ला. अनन्तराम भण्डारी, ला. विष्णु प्रसाद अर्याल, ला. यमलाल शर्मा, ला. किसन थापा दर्लामी, ला. अर्जुन थापा, ला. केशव खनाल, ला. विक्रम पौडेल, ला. सुरज तिवारी, ला. गोकुल अर्याल, ला. विष्णु प्रसाद पाण्डे, ला. सागर अधिकारी र सदस्यमा ला. अंकित पौडेल ला. महेश्वर पराजुली, ला. लक्ष्मण पाण्डेय (राजु), ला. कमल न्यौपाने र ला. कृष्ण पाठक रहेका छन्।
कार्यक्रममा डिष्ट्रीक्ट ३२५ पि नेपालका डिष्ट्रीक्ट एड्भाईजर तथा लायन्स क्लब अफ देवदहका चार्टर्ड प्रेसिडेन्ट लायन विष्णु पौडेलले युवा जोशलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभयो। युवाहरु सामाजिक काममा प्रेरित भैरहेकाले आफुलाई निकै खुसी लागेको बताए। कार्यक्रममा लायन्स क्लब अफ देवदहका पुर्व अध्यक्ष लायन राम बहादुर गुरुङ, लायन विष्णु प्रसाद ज्ञवाली लगाएतले आ-आफ्नो भनाइ राखेका थिए।