Butwal Today

आन्दोलनरत शिक्षकका माग पुरा हुन्छ : कार्यवाहक प्रधानमन्त्री

८ आश्विन २०८०, सोमबार
अ+
अ-

काठमाडौं, ८ असोज । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षक महासंघसँगको सहमतिपछि आन्दोलनरत शिक्षकहरूको सम्भव भएसम्मको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

कांग्रेस उपसभापतिसमेत रहेका खड्काले पार्टी केन्द्रीय समितिको बैठकलाई सरकारको तर्फबाट ब्रिफिङ गर्दै आन्दोलनरत शिक्षकहरूको नेतासँग पनि आफूले सरकारात्मक ढंगले छलफल गरेर पठाएको बताए।

महासंघको नेतृत्वमा भएका मागहरुलाई उनीहरुकै सहमतिमा सबैलाई राखेर सरकार र संसद मिलेर शिक्षकहरुसँग भएको सहमति कार्यान्वयन गर्ने बताए ।