© २०२३
दाङ, ७ असोज ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का नगरवासीका घर घरमा डेंगुबाट बच्ने उपाएको पत्र बाँड्दै हिडे । कतिपयले चुनाव सकिएको डेढ वर्षपछि घर घरमा पर्चा बाँड्दै हिडेपछि अनौठो समेत माने ।
नगर प्रमुख खड्काले आइतबार डेंगु बढ्दै गएपछि सचेतनाका लागि बजार क्षेत्रका घर घरमा पर्चा बाँड्दै चुनावी शैलीमा हिड्े । खड्का जनताले दिएको मतलाई सम्मान गर्दै जनताको जीवन बचाउने अभियानमा पर्चा बाँड्दै हिड्ेका थिए । नगरप्रमुख खड्काले डेंगु नियन्त्रणका लागि सचेतना पत्रका साथै घर घरमा पुगेर ड्रममा बिर्कोले नढाकी पानी राखेको अवस्थामा डेंगुका लामखुट्टेका लार्भा रहने भन्दै बिर्को लगाउन आग्रह गरे ।
त्यसैगरी उनले गाडीका टायरमा पानी जम्ने र त्यहाँ तीव्ररुपमा लामखुट्टेका लार्भा बढ्दै भन्दै ओत लगाएर राख्न आग्रह गरे ।
नगरप्रमुख टीकाराम खड्काको नेतृत्वमा सामाजिक विकास समितिका संयोजक मानबहादुर रावत, स्वास्थ्य जन प्रवद्र्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयम्सेविका, टोल विकास संस्थाका प्रतिनिधिहरुले डेंगु नियन्त्रणका लागि टोल टोलमा पुगेर सचेतना गराउन पुगेका थिए ।