ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

सुर्खेतमा बालिकामाथि सामूहिक बलात्कार, चारजना पक्राउ

७ आश्विन २०८०, आईतवार
७ आश्विन २०८०, आईतवार

सुर्खेत, ७ असोज ।

सुर्खेतमा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । प्रहरीले शनिवार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु मध्ये एकजना १९ वर्ष र अन्य तीन जना १५ र १६ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले बताए ।

सुर्खेतको पश्चिम बाबियाचौरकी १३ वर्षीया बालिका नाचगान हेर्न गएको बेलामा बलात्कार भएको प्रहरीले जनाएको छ । प्रहरीमा दिएको बयान अनुसार उनी पनि नाचगान हेर्न गएकी थिइन् । साँझ ९ बजेतिर पिसाब लागेपछि उनी नजिकैको सडकमा आइन् । त्यही गाउँका १९ वर्षीय एक युवाले उनको मुख छोप्दै समाते । उनले बलात्कार गर्न खोज्दा कराइन् । उनी भागेर त्यही नाचगान भएको ठाउँमा गइन् । त्यहाँ गाउँका १६ र १५ वर्षीय दुई किशोर थिए । उनीहरूले ‘एकछिन काम छ, बहिनी’ भन्दै घर पछाडि बोलाए । उनी गए लगत्तै बालिकाको मुख छोपेर हातखुट्टा समात्दै महेन्द्रको घरमा लगे । बेलुका ११ बजेतिर उनीहरूले बालिकाको बलात्कार गरेर नाचगान भएकै ठाउँमा फर्किए ।

केही समय बालिका अचेत भइन् । होस खुलेपछि उनी नजिकै छिमेकीको गाई गोठको माथिल्लो तलामा गएर सुतिन् । त्यहाँ पनि तिम्रो घरबाट बोलाएका छन् भनेर जबरजस्ती बलात्कार भएको बालिकाले प्रहरीमा बयान दिएकी छन् ।

यसरी राति ९ बजेदेखि दुई बजेसम्म फरक–फरक स्थानमा एकै रात तीन जनाबाट बलात्कृत र एक जनाबाट बलात्कारको प्रयास भएकी उनी शारीरिक र मानसिक रूपमा बिछिप्त भइन् । बिहानपख मात्रै बालिकाका साथीहरूले घरमा भनेपछि आफूले थाहा पाएको उनकी आमाले बताइन् ।

उनका अनुसार बालिकालाई एक वर्षको उमेरदेखि नै कुपोषण लागेको थियो । पोषण पुनस्थापना गृहमा ल्याएपछि उनलाई सुधार भएको थियो । बलात्कार आरोपमा पक्राउ परेका सबैले एकअर्कालाई राम्ररी चिन्ने र एउटै गाउँको भएका कारण बलात्कारको घटना योजनावद्ध रूपमा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?