ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’
पैगम्बर हजरतको १४९८ औ शुभ जन्मोत्सव

मिलादुननबी सहित रचनात्मक कार्य गरी मनाइँदै

७ आश्विन २०८०, आईतवार
७ आश्विन २०८०, आईतवार

बुटवल, ७ असोज ।

ईस्लाम धर्मावलम्बीहरुको धर्मगुरु पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्ललेलाहो अलैहे वसल्लमको १४९८ औ शुभ जन्मोत्सव (यौमे बिलादत) को अवसरमा बुटवलमा विविध रचनात्मक र पुजा कार्यक्रम गरी मनाईने भएको छ । बुटवलमा एक सय १० वर्षको ईतिहास बोकेको रजा ए मुस्तफा जामे मस्जिद समितिको आयोजनामा पैगम्बर हजरतको जन्मदिनलाई सप्ताहब्यापी रुपमा बाह्र रबिउल अव्वल मुबारक, हाजिरीजवाफ, अपाङ्ग आश्रमलाई सहयोग लगायतका कार्यक्रम गरी मनाईने भएको हो ।

आइतबार पत्रकार सम्मेलन गरी समितिका अध्यक्ष मुहमद ईस्माइलले ईस्लाम धर्मका बारेमा बुझाउने गरी प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको बताए । यो वर्ष सप्ताहब्यापी फरक कार्यक्रम गरी मनाईने उनले बताए । कार्यक्रम अन्तर्गत सोमबार बुटवलका पाच वटा ईस्लामिक अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता, बुधबार नेपाल अपाङ आश्रम बुटवल देविनगरमा खाद्यान्न वितरण, साँझ विशेष मिलादुननबी कार्यक्रम र भोलिपल्ट बिहान जन्मजयन्तीको खुशियालीमा बिहिबार बाजागाजासहित बजार परिक्रम कार्यक्रम गरि समापन गरिने उनले बताए । संसारभर मानव हितमा अग्रसर हुन र बिसंगति, बिकृतिलाई हटाउने गरी दुतका रुपमा पैगम्बरको जन्म भएको भन्दै उनको वर्षभरि नै संस्कार, संस्कृति र सामाजिक हितका धेरै कामहरु गर्दै आएको उनले बताए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हाजी अब्दुल सहमत, कोषाध्यक्ष जलिल मिया, सचिव जनुर वारसी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिश्वास ढकालले यो महत्वपूर्ण दिनको महिमालाई समाजमा बुझाउने गरि उदाहरणीय कार्य भएको बताए ।

मस्जिदमा नया पुस्तालाई ईस्लाम धर्मको बारेमा ज्ञान दिने गरी शैक्षिक कार्यक्रम संचालन गर्दै आएको समितिका महासचिव गफुर मियाले बताए । स्थानीय सरकार र समुदायका अगुवाको सहयोगमा मस्जिदमा ईस्लाम धर्म शिक्षा दिने काम गर्दै आएको उनले बताए । प्राथमिक विद्यालयको स्वीकृती पाएको मदरसामा २० जना क्षमता रहेको छात्राबाससहित ६० जना अध्ययरत छन् । जहाँ ३ जना धार्मिक गुरुहरु र एक जना ईङलिस र नेपाली अध्ययापन गराउने शिक्षक छन् । हाल बुटवल उपमहानगरपालिकामा  ५ हजार ईस्लाम धर्मावलम्बीहरु समुदायमा रहेका छन् ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission