© २०२३
बुटवल,७ असोज । बुटवलमा डेढ करोड लगानीमा छाला र कपालको उपचार गर्ने क्लिनिक सञ्चालनमा आएको छ । दश वर्षदेखि ब्युटिपार्लर व्यवसाय गरिरहेकी बुटवलकी मोनिका क्षेत्रीले विशिष्टिकृत सेवा दिने उद्देश्यले बुटवल बीपीचोकमा क्लिनिक सञ्चालनमा ल्याएकी हुन् ।
क्लिनिक संचालनको सम्पूर्ण तयारी पुरा भएको र सोमबारदेखि औपचारिक रुपमा संचालनमा आउने प्रबन्धक निर्देशक क्षेत्रीले जानकारी दिइन् । क्लिनिकमा छाला र कपाल सम्बन्धी कपाल प्रत्यारोपण, लेजर र हाइड्रा फेसीयल लगायत १५ प्रकारका उपचार सेवा दिइने उनले बताइन् । क्लिनिकमा छाला तथा सौन्दर्य विशेषज्ञ डा. विक्रान्त ढकाल र डा. ज्योति शाहले लेजर सम्बन्धी उपचार गर्ने क्षेत्रीले बताइन् ।
गुणस्तरीय सेवामा कहिल्यै सम्झौता नगरी काम गरेकाले अहिलेको अवस्थामा आउन सफल भएको क्षेत्रीले बताइन् ।
क्लिनिक शुभारम्भको अवसरमा केही दिनका लागि सबै प्रकारका उपचारमा १० देखि २० प्रतिशतसम्म छुटको प्रदान गरिने बताउनुभयो । क्लिनिकमा १७ जनाले रोजगारी पाएका छन् । वरिष्ठ सौन्दर्यकर्मी मोना पाठकले एकै जनाले पार्लर र छाला सम्बन्धी काम गर्दा समस्या आउने गरेकाले व्यवसायीक रुपमा नै स्किन केयर संचालन गर्नुले सौन्दर्य क्षेत्र ब्यवस्थापनमा महत्वपुर्ण भुमिका खेल्ने बताइन् । पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले गुणस्तरीय उपचार र सेवामा ध्यान दिन सुझाए ।