ट्रेंडिंग:

>> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता

चाडपर्व केन्द्रित अभियानमा ढिलाई

७ आश्विन २०८०, आईतवार
७ आश्विन २०८०, आईतवार

नेपाल प्रहरीले चाडपर्वका बेला हुने लूटपाट, चोरी लगायतका समाजमा हुने गंभीर प्रकृतिका घटना नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ । लूटपाट, चोरी र डकैतीका घटनामात्र होइन, चाडपर्वकै समयमा दुर्घटना समेत बढ्ने भएकोले प्रहरीको ध्यान त्यसतर्फपनि जानु जरुरी छ । विगतका बर्षहरूमा यतिबेला अभियान सुरु भैसक्थ्यो तर यो बर्ष ढिलाई भएको छ । अहिले नेपालीहरूको दुई ठूला पर्व दशैं र तिहार सन्निकट छन् । चाडपर्व नजिक आएको बेला हरेक बर्ष दुर्घटना बढ्ने गरेको छ । दुर्घटनाका कारण ज्यान गुमाउनेहरूको परिवारमा पर्ने बज्रपातको कल्पनासम्म पनि गर्न सकिदैन । धेरै दुर्घटना यस्तै चाडपर्वको बेला नै बढी हुने गरेको इतिहास नै छ । दशैं तिहार मनाउन नेपालबाट मात्र होइन विदेशबाट समेत नेपालीहरू आउनेक्रम सुरु भएको छ । यस्ता दुर्घटनाले मानवीय विपत्ति निम्त्याउँदै छ । दशैं तिहारकै समयमा सार्वजनिक सवारीका साधनमा भीड हुने गर्दछ । अन्ततः सवारी साधनको भीड, यात्रुको चाप, सडकको दुरावस्था र चालकको लापरवाहीले दुर्घटना नियन्त्रण भन्दा पनि बढ्दै गएको छ । दुर्घटना नियन्त्रणमा यी पक्षबीच सहकार्य आवश्यक छ । नेपालीमात्रका पर्वहरू हामीले जति रमाइलोसंग मनाउने तयारी गर्दैछौं कतिपयलाई भने यी पर्व दुःखमा परिणत हुन सक्छन । तसर्थ यस विषयमा सम्वन्धित निकायले पूर्व तयारी अर्थात दुर्घटना नियन्त्रणमा ध्यान दिनु जरुरी छ । विगतमा दशै र तिहारको बेलामा सवारी दुर्घटनाका बिभत्स घटनाहरू समेत भएको अझै स्मरणमा छन् । यी घटनाहरूबाट कैयनको अनाहकमा ज्यान गयो भने कैंयौ गम्भिर भएको विर्सन सकिदैन् ।

कतिपय दुर्घटनाका कारण कैयौं परिवारको भविष्य अन्धकारमा रुमल्लिएको पनि धेरै उदाहरण छन । तसर्थ सम्वन्धित निकायले चाडपर्वमा अझै बढी दुर्घटना नियन्त्रणका उपायका लागि पहल गर्नु जरुरी छ । अहिले मादक पदार्थ सेवन गरेर सवारी हाँक्नु, ट्राफिक नियम कानुनको अधिकांशले जानीजानी दुरूपयोग गर्नु, क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउनु जस्ता कारणले दुर्घटनाको संख्या वृद्धि भएको छ । तराई र पहाडमा हुने दुर्घटनाको प्रकृतिमा केही फरक देखिन्छ । तराईमा मोटरसाइकल र नीजि जीप दुर्घटनाका घटना बढिरहेका छन भने पहाडी क्षेत्रमा सार्वजनिक सवारीका साधन दुर्घटनाको जोखिममा रहेका छन । त्यसमाथि चाडपर्व केन्द्रित दुर्घटना लापरवाहीको पराकाष्ठा पनि हो । खासगरी तराईमा हुने दुर्घटना बढ्दै गएको छ । त्यसको नियन्त्रणमा ट्राफिक प्रहरीको ध्यानाकर्षण पनि हुँदै आएको छ । फेरीपनि दुर्घटनाको ग्राफ बढिरहेको छ । मूख्य समस्या चाडपर्वमा मदिराको प्रयोग मूख्य कारण हो । तसर्थ यो समयमा मदिरा प्रयोगमा नियन्त्रण एउटा राम्रो उपाय हुनसक्छ । नेपाल प्रहरीले चाडपर्व केन्द्रित दुर्घटना नियन्त्रणमा ध्यान पु¥याउनु जरुरी छ ।

ट्राफिक प्रहरीले समेत हरेक बर्ष चाडपर्व आउँदै गर्दा चेकजाँचमा कडाई गर्नु जरुरी छ । नेपाल प्रहरीले यो बर्षपनि चाडपर्व केन्द्रित अभियान सञ्चालन गर्दैछ । अभियानले दुर्घटना नियन्त्रणमा सहयोग पुग्यो भने मात्र त्यो प्रभावकारी हुनेछ । दशैं तिहारको बेला बजार अनुगमन गरेजस्तो दुर्घटना नियन्त्रण अभियानलाई पनि औपचारिक गरिनुहुँदैन । आगामी दिनमा हुने सवारी दुर्घटनाका विभत्स घटना रोक्न सवारी सञ्चालक, यातायात व्यवसायी, प्रहरी प्रशासन र स्वयं सरकारसमेत आ–आफ्नो ठाउँबाट जिम्मेवार ढंगले लाग्न अति जरुरी छ । नेपाल प्रहरीले चडपर्वलाई ध्यानमा राखेर विशेष अभियान सञ्चालन गर्दैछ । त्यो अभियान प्रभावकारी बनोस् । केवल दुर्घटनाको कुरामात्र होइन, चोरी, लूटपाट लगायतका घटना समेत बढ्ने भएकोले सम्वन्धित निकायको ध्यान जानु जरुरी छ । प्रहरी प्रशासनले अव यो अभियान सुरु गर्न ढिलाई गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?