© २०२३
बुटवल, ६ असोज । नेवारी कला, संस्कार र संस्कृति जर्गेना गर्ने उदेश्यका साथ स्थापना भएको नेवा देयं देबुले आफनो स्थापना दिवसको अवसरमा स्टेशनरी सामग्री वितरण गरि मनाएको छ । देबुको २९ औ स्थापना दिवसको अवसरमा बुटवल नगर समितिले शुक्रबार वडा नं—३, चिडीयाखोलामा रहेको चिडीयाखोला बालविकास केन्द्रका बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरि मनाएको हो ।
एक समारोहका बिच नेवा पुच, नेवा विकास समितिका निबर्तमान अध्यक्ष ज्ञानु लिगल, प्रदेश उपाध्यक्ष बाबुराम श्रेष्ठ, भीमसेन नेवा समाजका अध्यक्ष सहदेव श्रेष्ठ, नेवा सेवा समिति वडा नं ९ का अध्यक्ष चिरन्जीबी श्रेष्ठ, देबुका नगर अध्यक्ष गोपाल श्रेष्ठ, सचिव भुमलाल श्रेष्ठले बाल विकासका कोषाध्यक्ष गोपाल कुमार प्रधानलाई सामाग्री हस्तान्तरण गरे । स्थानिय पालिका र सेतो गुरासबाट निरन्तर सहयोगबाट बच्चाहरुलाई शैक्षिक विकासका लागि सहयोग हुदै आएको कोषाध्यक्ष प्रधानले बताए । केन्द्रमा २९ जना बालबालिकाहरु भर्ना भएर अध्ययन छन भने दरबन्दी अनुसार एक जना सहयोग रहेको छ ।
सोही अवसरमा नेवा पुचंका निबर्तमान अध्यक्ष ज्ञानु लिगल र नेवा सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठलाई सम्मान गरिएको कार्यक्रम संयोजक तिलक श्रेष्ठले बताए । कार्यक्रममा स्टेशनरी सामग्री समाजसेवी राजु भारीबाट भएको उनले बताए । यसैगरि समाज अन्तरगत मिसा देबु भातृ संगठन महिला नगर समिति नेवा मीसा देबुको गठन गरि नेवारी संस्कृतिको जगेर्नाका गतिविधिमा समेत अग्रसर रहेका छन । हाल संस्थामा करीब ६० सदस्यहरु आवद्ध छन ।