© २०२३
दाङ, ५ असोज ।
दाङ प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नम्बर–४ का ३९ वर्षीय धिरेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सर्वोच्च अदालतले २०७९ माघ १५ गते चौधरीलाई ज्यान मार्ने उद्योगमा ४ बर्ष ८ महिना २२ दिन कैद सजाय फैसला गरेको थियो । फरार रहेका चौधरीलाई खोजी गर्दै जाँदा बिहीबार गढवा गाउँपालिका वडा नम्बर ४ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए । पक्राउ गरिएका चौधरीलाई दाङ देउखुरी जिल्ला अदालत घोराहीमा बुझाइएको प्रहरीले जनाएको छ ।