© २०२३
बुटवल, ५ असोज । कालिका सेक्युरिटिज प्रा.लि. (शेयर ब्रोकर नं.४६) ले शुक्रबारदेखी बुटवलमा शाखा कार्यालयमार्फत सेवा सुभारम्भ गरेको छ । बुटवलको पुष्पलाल चोक नजिकै मैत्रीपथमा कार्यालयको बिधिवत रुपमा समुद्घाटन गरि कारोबार सुरु गरेको हो ।
आफ्नो कम्पनीको ब्यवसाय प्रवद्र्धनको उदेश्यका साथ कम्पनीको तेस्रो शाखाका रुपमा बुटवलमा कारोबार सुरु भएको कम्पनीका अध्यक्ष कुमार लुईटेलले बुटवलटुडेलाई बताए । देशका बिभिन्न ठाउँहरुमा रिमोट वर्क स्टेशन (आरडब्लुएस)/शाखा कार्यालयहरु स्थापना गरि कारोबार संचालन गर्न पाउने कानूनी प्राबधान बमोजिम नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडको अनुमति प्राप्त गरेको उनले बताए ।
पछिल्लोसमय बजार बिस्तारै गति लिइरहेको र रुपन्देहीका जनमानसमा शेयर बजार सम्बन्धी साक्षरता वृद्धि भएको हुदा पनि आफुहरु यहा शाखा खोलेको उनले दाबी गरे । यस अघि बाँके जिल्लाको नेपालगंज र महोत्तरी जिल्लाको बर्दिबासमा कम्पनीका दुइवटा शाखा कार्यालयहरु संचालनमा आइसकेका छन ।