© २०२३
बुटवल, ५ असोज। विश्वमा नै मानव सेवामा अग्रसर रहेको रोटरी क्लबको संरचनासंगै मुल्यमान्यतालाई जोड दिनुपर्ने अगुवाहरुले बताएका छन । सेवाभावनाको मुल्यमान्यता बोकेको सामाजिक संस्था संरचनालाई बढी महत्वदिदा संख्यात्मक रुपमा क्लब बढेपनि सदस्य नबढ्ने र क्रियासिलता कम देखिने समस्या आएको भन्दै यसतर्फ नेतृत्वको ध्यान दिन जरुरी रहेको उनिहरुले जोड दिए ।
बुटवलमा रोटरी क्लब अफ डाउनटाउनको शुक्रबार ९ सय ५२ औ रेगुलर मिटिङ तथा नया सदस्य अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्दै रोटरी क्लब अफ त्रिपुरेश्वरका पुर्व अध्यक्ष तथा प्रशिक्षक राजेन्द्र शाक्यले रोटरी मुल्यमान्यतालाई जोड दिने गरि अभियान आजको आवश्यकता भएको बताए । रोटरीको पछिल्लो दुई दशकको तथ्याक केलाउदा सन २००१ मा २९ हजार क्लबहरु, ५ सय २८ डिष्ट्रिक र १२ लाख सदस्य रहेकोमा अहिले पछिल्लोसमय २०२१ मा भने ३६ हजार ८ सय ३० क्लबहरु, ५ सय ३८ डिष्ट्रिक ११ लाख ९९ हजार सदस्यमा झरेको देखिएको उनले बताए । रोटरीमा आवद्ध भएर सामाजिक योगदान दिने उदेश्य लिएर आउनुपर्ने भन्दै उनले विविध कारणहरुले गर्दा सदस्यहरु छोड्ने प्रवृद्धिसमेत देखिएको बताए । कतिपय सदस्यहरुको मृत्यु, बसाईसराईका कारण करीब २५ प्रतिशत रहेको भन्दै यसबाहेक पनि रोटरीमा आवद्ध भएर योगदान दिन आर्थिक रुपमा महगो र समय ब्यवस्थापन नसक्दा छोड्ने, ब्यक्ति र संस्थाको लक्ष्य मिल्न नसक्नु जस्ता कारण छोड्ने गरेको उनले बताए । सामाजिक संस्थामा आवद्घ भएर गरिने फेलोसिपबाट अवसरको ढोका खोल्ने रुपमा लिन सकिने भन्दै उनले लक्ष्यमा केन्द्रित भएर कार्यक्रम गर्न सुझाव दिए । ‘रोटरीबारे मेरो सिकाई र बुझाई’ नामक पुस्तक प्रकाशन गरेर सामान्य नागरिक पनि यसबारे बुझने गरि अभियान चलाएको उनले बताए ।
कार्यक्रममा प्रेसिडेन्ट नोमिनि बाबुराम बन्जाडेले क्लबका नियमित वार्षिक कार्यक्रम अन्तरगत नया सदस्यहरुलाई रोटरीको बारेमा ज्ञान दिने उदेश्यका साथ कार्यक्रम गरिएको बताए । क्लबका पुर्वअध्यक्ष राजेन्द्र ढकालले समयसापेक्ष समाजको आवश्यकतालाई मध्येनजर गरि कार्यक्रमहरु गर्न जरुरी रहेको बताए ।
कार्यक्रमका संयोजक पुर्व अध्यक्ष नर बहादुर श्रीष, जीवन अधिकारी, सचिव प्रकाशराज पौडेलले नया सदस्यहरुलाई ज्ञानसंगै पुराना सदस्यहरुलाई समेत थप सिकाई हुने गरि कार्यक्रम गरिएको बताए ।