© २०२३
बुटवल,४ असोज । मदिरा व्यबसायी संघ रूपन्देहीको नव निर्बाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । हालै सम्पन्न आठौं अधिवेशनबाट निर्वाचित टिमलार्इ प्रमूख निर्वाचन अधिकृत अर्जुन कार्कीले सपथ गराएका हुन् । अधिवेशनबाट हिमालय भुषालको नेतृत्वमा १७ सदस्यीय टोली निर्वाचित भएको थियो । पदस्थापन कार्यक्रममा बोल्दै मदिरा ब्यबसायी महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठले व्यबसायीक हक हितको लागि सबै व्यवसायिहरू एकताबद्व भएर लाग्नु पर्नेमा जोड दिए । संघका लुम्वीनी प्रदेश अध्यक्ष शम्भु भट्टर्राईले चरम आर्थिक मन्दिका बेला व्यवसायी पलायन भै रहेको अवस्थामा जिल्लाभरिका सबै मदिरा ब्यापारी एक भएर संस्थागत हितका लागि लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा मदिरा ब्यबसायी संघ रुपन्देहीका पुर्ब महासचिव भीष्म अर्याल ,लुम्बिनी प्रदेशका निबर्तवान अध्यक्ष गिरिराज पौडेल, मदिरा ब्यबसायी संघ रुपन्देहीका पुर्ब अध्यक्ष तथा सल्लाहकार अशोक श्रेष्ठ , मदिरा ब्यबसायी संघ रुपन्देहीका पुर्ब अध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्री, निबर्तमान अध्यक्ष कृष्ण गौतम लगाएतले बोल्दै सरकारले मदिरा व्यवसायीलाइ हेर्ने नजर फरक रहेको र राजस्वबाट पनि दु:ख दिने गरेको गुनासो गरेका थिए । नवनिर्वाचित समितिको पहिलो बैठकले बिभिन्न सल्लाहाकारहरू चयन गरेको संस्थाका महासचिव बाबुलाल खनालले बताए । प्रेस सल्लाहाकारमा दीपक न्याैपाने, कानुनी सल्लाहाकारमा अर्जून कार्की,यसै गरी सल्लाहाकारमा खिम बहादुर खत्री, अशोक श्रेष्ठ, दिनेश श्रेष्ठ,मृगेन्द्र गोविन्द श्रेष्ठ, शम्भू भट्टराई लाइ मनोनित गरेकाे छ । यसै गरी अध्यक्ष सल्लाहाकारमा किशोर पन्थीलाइ चयन गरेको उपाध्यक्ष हीरा बहादुर केसी डाईमण्डले जानकारी दिए ।