ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

राधाकृष्ण मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको तयारी

नेपालकै पहिला जगतगुरु अनन्तश्रीविभुषित मोहनशरण देवाचार्य आउँदै
४ आश्विन २०८०, बिहीबार
४ आश्विन २०८०, बिहीबार

बुटवल, ४ असोज ।

बुटवलको सुख्खानगरमा रहेको राधाकृष्ण मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । धर्मसंस्कृतिको संरक्षण र आर्थिक श्रीवृद्घिका लागि मन्दिर ब्यवस्थापन समितिको अगुवाईमा असोज ६ देखि १२ गतेसम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको हो ।

मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष जिवनारायण पौडेलले हिन्दु धर्मको उदगम भूमिको पहिचान बनाएको नेपालमा संस्कार, संस्कृति जगाउन जरुरी रहेको बताए । चपरामा कुम्भमेला लगाउने विषयमा शासास्त्रबाट अगुवाई गरेका जगतगुरु अनन्तश्रीविभुषित मोहनशरण देवाचार्यबाट सत्संग हुने उनले बताए । नेपालका प्रथम जगतगुरु जसले नेपालमा कुम्भ मेला चलाएको उनले बताए ।

धर्म जोगाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने सुझाव दिदै उनले यसका लागि धर्मको शिक्षा लिने रुपमा प्रवचनसंगै संत्संग कार्यक्रम हुने बताए । दैनिक २–५ बजेसम्म कार्यक्रम हुने उनले बताए । यसैगरी भागवात प्रवचक डा यादवशरण गर्तौलाबाट भागवात प्रवचन हुने र देशभित्र मात्र नभई भारतबाट समेत धेरै सन्त मन्तहरुको उपस्थिति रहने उनले बताए ।

जगतगुरु कुनै एउटा सम्प्रदाय नभई सबैको साझा भएको उनले बताए । धर्मसंस्कृतिको संरक्षणसंगै मन्दिरको आर्थिक अवस्थालाई सहज हुने गरि महायज्ञ चलाउन लागिएको उनले बताए । मन्दिरको जग्गा र आफ्नै गुठी नहुदा पनि मन्दिर ब्यवस्थापनमा समस्या रहेको छ । बिष्णु कुमार क्षेत्रीबाट पाच धुर जग्गा दान बापत प्राप्त भएको र संस्थापक अध्यक्ष टिकाराम भण्डारीको अगुवाईमा मन्दिर, सत्संग भवनसहितको पुर्वाधार निर्माण भएको उनले बताए ।

कार्यक्रममा भागवात प्रवचक डा यादवशरण गर्तौलाले भदौको शुक्ल पक्ष सबैभन्दा धेरै चाडपर्व पर्ने समय भएको भन्दै यो समयमा भागवात सप्ताह श्रवण धेरै राम्रो हुने बताए । गाईको दूध, बगैचाको फुल, विद्या, कुवाको पानी र सम्पत्ति जति दान गर्दा पनि नघट्ने भन्दै दान पुण्य कर्म भएको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ८ का वडाअध्यक्ष यज्ञ पंगेनीले वडामा रहेका धार्मिक, पर्यटकिय स्थलको संरक्षणमा स्थानिय सरकारबाट निरन्तर सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा मन्दिरका सचिव नवराज चापागाईले शनिबार बिहान कलश यात्रा र दिउँसो समुद्घाटन कार्यक्रम हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission