© २०२३
बुटवल, ४ असोज । संविधान दिवसको अवसरमा भनभने–गुल्मी सम्पर्क समाज रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत समाजले नेपाल रेडक्रस सोसाईटी, रक्त सन्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरेको हो ।
रक्त सन्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको संयोजक प्रकाश पन्थीले बताए ।
समाजका अध्यक्ष लोकनाथ पन्थीले गुल्मीको भनभनेबाट रुपन्देहीमा आएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध ब्यक्तिहरुलाई गोलबद्ध गरि सामाजिक कार्यमा अग्रसर गराउने समाज सफल भएको बताए ।
समाज स्थापनाकालदेखि बिभिन्न सामाजिक काममा सक्रिय रहेर धार्मिक, ऐतिहासिक, भौगोलिक बिशेषताहरुलाइ समेटेर भनभनेको महिमा पुस्तक समेत प्रकाशन गरेको सचिव भोजराज घर्तीले बताए ।