© २०२३
नवलपुर, ३ असोज ।
१५ वर्षीय बालिका त्यो पनि आफ्नै नातिनीलाई बलात्कार गरको आरोपमा प्रहरीले आज एक जना बृद्धलाई पक्राउ गरेको छ ।
कावासोती नगरपालिका वडा नं. १३ घर भएका ६५ वर्षीय टेक बहादुर घले गुरुङलाई आफ्नै घरकी नातिनीलाई पटक पटक बलात्कार गरी गर्भ रहेको थाहा पाएपछि प्रहरीले उजुरीका आधारमा घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।
गत वर्षको चैत महिनादेखि नै घलेले आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको र पीडित बालिका गर्भवती भएको पत्ता लागेपछि पीडितले सोमबार जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी गरेपछि प्रहरीले आज निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासी प्रहरीले जनाएको छ ।
आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका घलेमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।