ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

हिरक जयन्तीको शुभारम्भमा उजिरसिंहको प्रतिमा अनावरण

३ आश्विन २०८०, बुधबार
३ आश्विन २०८०, बुधबार

बुटवल, ३ असोज ।

बुटवलको पुरानो मध्येको एक शैक्षिक संस्था उजिरसिंह माविको हिरक जयन्तीको शुभारम्भ तथा उजिरसिंहको अर्धकदको शालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक समारोहका बीच पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथि यामप्रसाद ढकालले शालिक अनावरण गर्दै राष्ट्र जोगाउन कर्णेल उजिरसिंह थापाको योगदानको चर्चा गरे ।

विगत ६० वर्षअघि स्थापना भएको विद्यालयको ब्यवस्थापन समितिबाट नेपालको स्वाभिमान जोगाउने योद्दा कर्णेल उजिरसिंहको नाम राखेर योगदानको उच्च कदर गरेको उनले बताए । नेपालको हरेक युद्घमा नागरिक र सेनाको सामूहिक तालमेल भएको पाईने भन्दै उनले यो नै महत्वपूर्ण सहकार्यको उदाहरण भएको बताए । जितगढीको महत्व र उजिरसिंहको योगदानलाई प्रचारप्रसार गरी यहाँ आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गरी योजना बनाउन जरुरी रहेको उनले बताए । यस क्षेत्रको गढी किल्लाहरुको संरक्षणमा सरकारको योजना अघि बढ्नु गौरवको विषय भएको उनले बताए । “अहिलेका विद्यार्थी भोलिका उजिरसिंह हुन जसले ईतिहास रच्ने छन्”–उनले भने ।

कार्यक्रममा उजिरसिह माविका अध्यक्ष विमल बहादुर शाक्यले नेपालको रक्षा गर्न नेपाली सेनाको योगदानलाई भुल्न नसकिने भन्दै प्रत्येक नेपालीको गर्वको विषय भएको बताए । नेपाली र नेपालको रक्षार्थ नेपाली सेना कहिल्यै सम्झौता नगरेको भन्दै नालापानी, जितगढी किल्लामा भएको युद्धको स्मरण गरे । विद्यालयको शैक्षिक गुणस्तर बढाउँदै पहिचान दिन अघि बढेको उनले बताए । हिरक महोत्सवको अवसरमा उजिर संदेश–२ स्मारिका प्रकाशनको तयारी भैरहेको भन्दै पुसमा सप्ताहब्यापी कार्यक्रम गरिने उनले बताए ।

कार्यक्रममा पुर्व जिल्ला शिक्षा अधिकारी तथा विद्यालयका सल्लाहकार टेक बहादुर थापाले बुटवलबासी हुनुमा गौरवगाथाका रुपमा जितगढी किल्ला सहित धेरै धार्मिक, पर्यटकीय क्षेत्रहरु रहेको भन्दै यसको संरक्षण गर्दै प्रचारप्रसारमा जोड दिन जरुरी रहेको बताए । सामरिक पर्यटनको गन्त्यका रुपमा बुटवललाई अगाडि बढाउन सके यसले यहाँको आर्थिक समृद्धिमा टेवा पुग्न सक्ने सम्भावना रहेको उनले बताए । पुर्खाहरुले दिएको योगदानका कारण नै हाम्रो संस्कृति जोगिएको भन्दै नयाँ पुस्तालाई कर्णेल उजिरसिंहको योगदानबारे शिक्षा दिनुपर्ने उनले बताए ।

कार्यक्रममा विद्यालय प्रधानाध्यापक पदमराज ज्ञवालीले नेपालको सामरिक महत्वसंग जोडिएको कर्णेल उजिरसिंह जस्ता महान ब्यक्तिको नामबाट स्थापित विद्यालयको गरिमा बढाउने गरी कार्यहरु भएको बताए । यस क्षेत्रमा २०२० सालमा स्थापना भएको विद्यालयले धेरै गुणस्तरीय विद्यार्थीहरुलाई जन्माउन सफल भएको दाबी गर्दै उनले देशलाई योगदान दिन गरी काम गर्न सफल भएको बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दान बहादुर थापा, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, वडा न.ं १ का वडाअध्यक्ष नरेन्द्र बस्नेत, विद्यालयका पुर्व प्रअ मित्रलाल भण्डारीले सफलताको शुभकामना दिए ।

विद्यालय परिसरबाट शुरु भएको र्याली पारी बुटवल, हाटबजार, जनबिनायक मन्दिर, निमचोक हुँदै पुनः विद्यालयमा पुगेर समापन गरिएको थियो । र्यालीमा विद्यार्थी, टोल समिति, जातीगत संघसंस्थाहरुको समेत सहभागिता रहेको थियो ।

 

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?